२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा मापदण्ड विपरीत ल्याब सञ्चालनमा

२०७३, १९ आश्विन बुधबार ०९:११

असोज १९, रुपन्देही । यस क्षेत्रका मेडिकल ल्याब मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । कतिपय ल्याब जिल्ला जनस्वास्थ्य कार्यलयमा दर्ता समेत भएका छैन् । 

सरकारी मापदण्ड बमोजिम प्रत्येक प्रयोगशाला कोठा प्रर्याप्त प्रकाशसहितको भेन्टिलेटर, विद्युत् र पानीको व्यवस्था हुनुपर्ने । रगत तान्ने कोठा तथा शौचालय सफा हुनुपर्ने ल्याब टेक्निसियन अनिर्वाय हुनुपर्ने प्रावधान छ । 

तर यहाँ सञ्चालनमा रहेका अधिकांश ल्याबमा यी पूर्वाधार नभएको र १८ महिनाको तालिम लिएका सहायक ल्याब टेक्निसियनले ल्याब चलाएको भेटिन्छ । सरकारले २०७० सालमा जारी गरेको यो मापदण्ड अहिलेसम्म पनि कार्यान्वयनमा चासो नदिएको पाइएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टङ्कप्रसाद चापागाइँ भन्नुहुन्छ –“मापदण्डलाई लागू गर्ने प्रयोगशालाको सङ्ख्या निकै न्यून छ । हामीले मापदण्ड लागू गराउनका लागि पहल गरिहेका छौंँ । ” 

मेडिकल ल्याबोरेटरी एसोसियन अफ नेपाल ९मेलान ०का जिल्ला अध्यक्ष गुणनिधि खनालका अनुसार जिल्ला कम्तीमा १५० ल्याब सञ्चालनमा छन् । ती ल्याब वर्षौदेखि सञ्चालन आए पनि सरकारको स्पष्ट नीति थिएन तर पछि आएको नीतिलाई कार्यन्यन गर्नेतर्फ ध्यान दिएको पाइदैन । 

विसं।२०७०मा सरकारले जारी गरेको नीतिबमोजिम जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुगमन तथा दर्ताको विषयमा अधिकार प्रदान गरेको थियो । त्यसभन्दा पहिले पोखरास्थित क्षेत्रीय स्वास्थ्य कार्यालयमा दर्ता गर्नुपर्ने थियो । 

क्षेत्रीय कार्यालयमा दर्ता भएकाको पनि जिल्लाबाट खटिएको टोलीले निरीक्षण गरेर नवीकरण गर्ने व्यवस्था रहेको जनस्वास्थ्य निरीक्षक मोति पौडयालको भनाइ छ । 

मेलान केन्द्रीय सदस्य रमेश पाण्डेले पछिल्लो निर्देशिका कडा र सबै ठाउँमा एउटा नियम लागू गर्दा समस्या देखिएकाले सुधारका लागि केही ढिलाइ भएको बताउनुभयो । 

उहाँले आफूहरु देशभरमा ल्याबको सुधार गरेर काम गर्ने अभियानमा लागेको भन्दै केही अस्पष्ट विषय थप सुधार गरेर पेसाबाट केही पनि प्राविधिक बाहिर नहुने गरी काम गर्नको लागि स्वास्थ्य मन्त्रीलाई स्मरण पत्रसमेत बुझाएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार