पर्यटकलाई होटेल जान जबरजस्ती गर्ने २ जना पक्राउ

Posted on: 08 Nov, 2023

कार्तिक २२, पोखरा | पर्यटकलाई रोकेर हैरान बनाउने २ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा १७ छोरेपाटनको सिद्धार्थ राजमार्गमा पर्यटक झरेर गन्तव्यमा जाने क्रममा आफूले चिनेको होटेलमा लैजान जबरजस्ती गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । 


पक्राउ पर्नेमा पोखरा १७ छोरेपाटनका २३ वर्षीय रमेश सुवेदी र ३१ वर्षका कमल पौडेल छन् । उनीहरुले पर्यटकलाई आफूले चिनेको होटेलमा जान जबरजस्ती गर्दै झोला समेत तानेका थिए । 

उनीहरूलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोमा पक्राउ गरिएको हो । उनीहरूलाई अभद्र व्यवहार मुद्दामा कास्की प्रशासनबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ । 

यसरी ग्राहकको इच्छा विपरीत जबरजस्ती गर्नेलाई कारबाही गरिने बैदाम प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए । उनले अन्य ठाउँमा पनि धेरै गुनासो आएको भन्दै कारबाहीको चेतावनी दिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!