रोशन पोखरेल | असोज २३, विराटनगर | बिजयादशमीको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । यस अवसरमा आज दसैँघर र कोत लगायत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल | असोज २३, विराटनगर | बिजयादशमीको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । यस अवसरमा आज दसैँघर र कोत लगायत "/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

आज महाअष्टमी दर्शनार्थीहरुको घुइचो

२०७३, २३ आश्विन आईतवार ०७:३५

रोशन पोखरेल | असोज २३, विराटनगर | बिजयादशमीको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । यस अवसरमा आज दसैँघर र कोत लगायत देशका विभिन्न शक्तिपीठहरुमा पशु बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा रहेको छ । विराटनगरको कालि मन्दिरमा भक्तजनको चहलपहल विहान ३ वजे देखि नै रहेको छ । कालि भगवानको पुजा आराधना वषेर्नि नेपाल लगायताका विभिन्न ठाउँबाट भक्त्तजनको घुइचो लागेको छ ।

त्यस्तै, विभिन्न शक्तिपिठमा धरानको पिण्डेश्वरी दन्तकाली, बुढासुब्वा, तापलेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी मन्दिरमा पनि उल्लेखनीय रुपमा भक्त्तजनको धुइचो लागेको हाम्रा सम्वादाताहरुले जानकारी दिनुभयो । पूर्वाञ्चलका बिभिन्न स्थानहरुमा हिन्दु धर्मावलम्वीहरुले देविको् पुजा आराधना गदै लगायतका शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

आज घर/घरमा राखिएका वा कलकारखानामा रहेका हतीयारलाई धोईपखाली महादेवी दुर्गाको हतीयारको रुपमा स्थापना गरि पुजा गर्ने गरिन्छ । आज मध्यरातमा बली सहित कालरात्रीको पुजा गर्ने पनि चलन छ । भक्तजनको यस पुजा बाट प्रसन्न भइ देवीले शुभफल र आर्सीवाद दिन्छीन् भन्ने विश्वास रहि आएको छ ।  

त्यस्तै आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्छन्। विराटनगरको रंगेलि रोडमा विगत ६४ वर्ष देखी दुर्गा माताको पुजा आराधना गदै सामाजिक सदभावको रुपमा सम्पुर्ण सम्प्रदायको सदभावको प्रतिमाको रुपमा दशै घरको स्थापना गरिएको दुर्गा पुजा समारोह समितिका संयोजक युवराज धाडेवाले जानकारी दिनुभयो । साथै आगामी समयमा पनि धार्मिक सदभाव कायम राख्नको लागी सम्पुर्ण व्याक्तिहरु जागरुक भएर लाग्नुपर्ने उहाँले वताउनुभयो । शक्ति स्वरुपा देविको आराधना बाट मात्रै सम्पुर्ण मानिसको कल्याण र विश्वभरि अहिसांको सन्देश जाने जनविश्वास रहेको सहभागिहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित