रोशन पोखरेल | असोज २३, विराटनगर | बिजयादशमीको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । यस अवसरमा आज दसैँघर र कोत लगायत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल | असोज २३, विराटनगर | बिजयादशमीको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । यस अवसरमा आज दसैँघर र कोत लगायत "/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

आज महाअष्टमी दर्शनार्थीहरुको घुइचो

२३ आश्विन २०७३, आईतवार ०७:३५

रोशन पोखरेल | असोज २३, विराटनगर | बिजयादशमीको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । यस अवसरमा आज दसैँघर र कोत लगायत देशका विभिन्न शक्तिपीठहरुमा पशु बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा रहेको छ । विराटनगरको कालि मन्दिरमा भक्तजनको चहलपहल विहान ३ वजे देखि नै रहेको छ । कालि भगवानको पुजा आराधना वषेर्नि नेपाल लगायताका विभिन्न ठाउँबाट भक्त्तजनको घुइचो लागेको छ ।

त्यस्तै, विभिन्न शक्तिपिठमा धरानको पिण्डेश्वरी दन्तकाली, बुढासुब्वा, तापलेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी मन्दिरमा पनि उल्लेखनीय रुपमा भक्त्तजनको धुइचो लागेको हाम्रा सम्वादाताहरुले जानकारी दिनुभयो । पूर्वाञ्चलका बिभिन्न स्थानहरुमा हिन्दु धर्मावलम्वीहरुले देविको् पुजा आराधना गदै लगायतका शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

आज घर/घरमा राखिएका वा कलकारखानामा रहेका हतीयारलाई धोईपखाली महादेवी दुर्गाको हतीयारको रुपमा स्थापना गरि पुजा गर्ने गरिन्छ । आज मध्यरातमा बली सहित कालरात्रीको पुजा गर्ने पनि चलन छ । भक्तजनको यस पुजा बाट प्रसन्न भइ देवीले शुभफल र आर्सीवाद दिन्छीन् भन्ने विश्वास रहि आएको छ ।  

त्यस्तै आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्छन्। विराटनगरको रंगेलि रोडमा विगत ६४ वर्ष देखी दुर्गा माताको पुजा आराधना गदै सामाजिक सदभावको रुपमा सम्पुर्ण सम्प्रदायको सदभावको प्रतिमाको रुपमा दशै घरको स्थापना गरिएको दुर्गा पुजा समारोह समितिका संयोजक युवराज धाडेवाले जानकारी दिनुभयो । साथै आगामी समयमा पनि धार्मिक सदभाव कायम राख्नको लागी सम्पुर्ण व्याक्तिहरु जागरुक भएर लाग्नुपर्ने उहाँले वताउनुभयो । शक्ति स्वरुपा देविको आराधना बाट मात्रै सम्पुर्ण मानिसको कल्याण र विश्वभरि अहिसांको सन्देश जाने जनविश्वास रहेको सहभागिहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ