३ सय रुपैयाँले घट्दै सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम

Posted on: 01 Dec, 2023

मङ्सिर १५, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १९ हजार रुपैयाँ कायम भएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै घट्दै १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ बढ्दै १ हजार ५ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ लाख ५ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!