केपी ओली टी–२० क्रिकेट: उपाधिका लागि मधेश र आर्मी भिड्दै

Posted on: 01 Dec, 2023

मङ्सिर १५, काठमाडौँ | केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

अहिले बिहान ११ बजे पोखरा रंगशालास्थित  क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ।  


उपाधि विजेता टोलीले ५ लाख नगद प्राप्त गर्नेछन् भने उपविजेता टोलीले साढे २ लाख पाउने आयोजक टोलीले जनाएको छ।

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने दोस्रो सेमिफमाइनलमा एपिएफ क्लबलाई पराजित गर्दै मधेस प्रदेश फाइनलमा पुगेको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!