१ महिनामा १ लाख ८ हजार बढी विदेशी पर्यटकले गरे नेपाल भ्रमण

Posted on: 01 Dec, 2023

मङ्सिर १५, काठमाडौँ | नेपालमा पछिल्लो अंग्रेजी महिना (नोभेम्बर)मा १ लाख ८ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाली पात्रोअनुसार यो कात्तिक बीचदेखि मंसिर महिनाको मध्य सम्मको अवधि हो। 

पर्यटन बोर्डका अनुसार नोभेम्बर महिनामा मात्रै १ लाख ८ हजार ६३० विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका हुन्। गत वर्षको सोही महिनामा ७२ हजार पर्यटक नेपाल आएका थिए। 


सन् २०२३ को ११ महिना सकिँदै गर्दा ९ लाख १८ हजार ३०८ पर्यटकले नेपाल भ्रमण गरिसकेको बोर्डले जारी गरेको तथ्याङ्कमा उल्लेख छ। 

यस्तै, सो महिनामा नेपाल भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक भारतका रहेका छन्। सो महिनामा उक्त देशबाट २४ हजार ५०० हाराहरी पर्यटक आएको बोर्डले उल्लेख गरेको छ। त्यस्तै, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार पर्यटक नेपाल आएका छन्। यस्तै, नेपाल भ्रमणमा आउनेमा थाइल्याण्ड, बंगलादेश, जर्मनी, श्रीलंका, फ्रान्स नागरिक पनि छन्। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!