१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्व बैंकले नेपाललाई १० करोड ३० लाख आर्थिक सहयोग गर्ने

१५ मंसिर २०८०, शुक्रबार १२:०६

मङ्सिर १५, काठमाडौँ | गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रमका लागि विश्व बैङ्कले नेपाललाई १० करोड ३० लाख रुपैयाँ माथिको आर्थिक सहयोग गर्ने भएको छ । गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रम अन्तर्गत बैङ्कले नेपाललाई सहुलियत ब्याज र अनुदानमा गरी १०३.८४ मिलियन अर्थात १० करोड ३० लाख ८४ हजार रुपैयाँ बराबरको वित्तीय सहयोग गर्ने भएको हो । 

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रमका लागि शुक्रवार स्वास्थ्य, पोषण र जनसङ्ख्या ग्लोबल अभ्यासका लागि अतिरिक्त स्वास्थ्य सचिव, डा.टङ्क बाराकोटी र विश्व बैंक अभ्यास प्रबन्धक, फेङ झाओले संयुक्त रूपमा सहमतिपत्रमा हस्ताक्षर गरे । कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको कभरेज बढाउने र प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।

पाँच वर्षे कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास संघबाट एक सय मिलियन अर्थात् १० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिक्रिया कोषबाट ३ मिलियन अर्थात् ३० लाख ८४ हजार रुपैयाँ बराबरको अनुदान प्रदान गरिनेछ ।

‘नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रमले नेपाल सरकारले विश्वव्यापी स्वास्थ्य कभरेजतर्फको यात्रामा परिकल्पना गरेको तीन महत्त्वपूर्ण सुधार एजेन्डालाई समर्थन गर्दछ। स्वास्थ्य सेवाको गुणस्तर, स्वास्थ्यमा वित्तीय सुरक्षा र लचिलो स्वास्थ्य प्रणाली रहेको स्वास्थ्य सचिव डा.टङ्क बाराकोटीले बताए ।

नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२३–२०३० को रणनीतिक उद्देश्य हासिल गर्न कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा स्वास्थ्य बीमा बोर्डको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने समेत उनले जानकारी दिए । जसमा नेपालको स्वास्थ्य प्रणालीको दक्षता र उत्तरदायित्व अभिवृद्धि, स्वास्थ्यमा दिगो वित्त पोषण र सामाजिक सुरक्षा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँचको प्रवर्द्धन समावेश छ ।

‘नेपालको हरित, लचिलो र समावेशी विकास (ग्रिड) एजेन्डाको प्रमुख चालक हो । नेपाललाई जवाफदेही, समावेशी र लचिलो स्वास्थ्य प्रणाली निर्माण गर्न मद्दत गर्न हामीले नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रमलाई सहयोग गर्न पाउँदा हामी खुसी छौँ’ फेङ झाओले भने । 

नेपाल सरकार र विश्व बैङ्कबिच अक्टोबर २०२३ मा कार्यक्रमका लागि वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार