२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्व बैंकले नेपाललाई १० करोड ३० लाख आर्थिक सहयोग गर्ने

२०८०, १५ मंसिर शुक्रबार १२:०६

मङ्सिर १५, काठमाडौँ | गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रमका लागि विश्व बैङ्कले नेपाललाई १० करोड ३० लाख रुपैयाँ माथिको आर्थिक सहयोग गर्ने भएको छ । गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रम अन्तर्गत बैङ्कले नेपाललाई सहुलियत ब्याज र अनुदानमा गरी १०३.८४ मिलियन अर्थात १० करोड ३० लाख ८४ हजार रुपैयाँ बराबरको वित्तीय सहयोग गर्ने भएको हो । 

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रमका लागि शुक्रवार स्वास्थ्य, पोषण र जनसङ्ख्या ग्लोबल अभ्यासका लागि अतिरिक्त स्वास्थ्य सचिव, डा.टङ्क बाराकोटी र विश्व बैंक अभ्यास प्रबन्धक, फेङ झाओले संयुक्त रूपमा सहमतिपत्रमा हस्ताक्षर गरे । कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको कभरेज बढाउने र प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।

पाँच वर्षे कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास संघबाट एक सय मिलियन अर्थात् १० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिक्रिया कोषबाट ३ मिलियन अर्थात् ३० लाख ८४ हजार रुपैयाँ बराबरको अनुदान प्रदान गरिनेछ ।

‘नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रमले नेपाल सरकारले विश्वव्यापी स्वास्थ्य कभरेजतर्फको यात्रामा परिकल्पना गरेको तीन महत्त्वपूर्ण सुधार एजेन्डालाई समर्थन गर्दछ। स्वास्थ्य सेवाको गुणस्तर, स्वास्थ्यमा वित्तीय सुरक्षा र लचिलो स्वास्थ्य प्रणाली रहेको स्वास्थ्य सचिव डा.टङ्क बाराकोटीले बताए ।

नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२३–२०३० को रणनीतिक उद्देश्य हासिल गर्न कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा स्वास्थ्य बीमा बोर्डको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने समेत उनले जानकारी दिए । जसमा नेपालको स्वास्थ्य प्रणालीको दक्षता र उत्तरदायित्व अभिवृद्धि, स्वास्थ्यमा दिगो वित्त पोषण र सामाजिक सुरक्षा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँचको प्रवर्द्धन समावेश छ ।

‘नेपालको हरित, लचिलो र समावेशी विकास (ग्रिड) एजेन्डाको प्रमुख चालक हो । नेपाललाई जवाफदेही, समावेशी र लचिलो स्वास्थ्य प्रणाली निर्माण गर्न मद्दत गर्न हामीले नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रमलाई सहयोग गर्न पाउँदा हामी खुसी छौँ’ फेङ झाओले भने । 

नेपाल सरकार र विश्व बैङ्कबिच अक्टोबर २०२३ मा कार्यक्रमका लागि वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु