२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शरणार्थी प्रकरणमा थुनामुक्त गर्न आदेश भएका १० जना आइतबार मात्रै छुट्ने

२०८०, १५ मंसिर शुक्रबार १२:१३

मङ्सिर १५, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये ९ जनालाई छाड्ने आदेश भएपनि उनीहरु शुक्रबार छुट्ने छैनन् ।

उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार, उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ ।

‘उच्चबाट जिल्लामा पत्र पुगेपछि मात्र आदेश कार्यान्वयनमा जान्छ, शनिबार विदा हुने भयो । त्यसैले आइतबार मात्र उहाँहरु छुट्नुहुन्छ’, भट्टराईले भने ।

अदालतले सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख र नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई भने साधारण तारेखमा छाड्न अदालतले भनेको छ ।

अदालतले टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै राख्ने आदेश सदर गरेको छ भने बालकृष्ण खाँणको हकमा न्यायाधीशको राय बाझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु