२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

राजदेवी मन्दिरमा १४ हजारभन्दा बढीको बलि

२०७३, २५ आश्विन मंगलवार ०७:५६

असोज २५, महेन्द्रनगर (धनुषा) | जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ६१७ बोकाको बलि प्रदान भएको छ । 


अष्टमीको राति ८ बजेबाट सुरु भएको बोका बलि प्रदानको कार्यक्रम सोमबार बिहान सकिएको छ । 


अघिल्लो वर्ष १३ हजार ६८४ बोका बलि प्रदान भएको थियो । आयोजक महावीर युवा कमिटीले यसपटक १८ हजारसम्म बोका बलि प्रदान हुनसक्ने दाबी गरेको थियो । यद्यपि अघिल्ला वर्षको तुलनामा यस वर्ष ९३३ बढी बोका बलि प्रदान भएको छ । 


विगतमा २०७० सालमा १४ हजार ८६१ बलि प्रदान भएको थियो भने त्यो सङ्ख्या घटेर २०७१ सालमा १४ हजार ७२२ मात्र बोका बलि प्रदान भएको थियो । अघिल्लो वर्ष २०७२ को तुलनामा यसपटक बोका बलिको सङ्ख्या बढी देखिए पनि २०७० र २०७१ को तुलनामा बोका बलि घटेको देखिन्छ । 


एउटा बोकाको बलिको लागि रु १५० को रसिद काट्नु पर्ने हुन्छ । यसरी प्रदान भएको बलिबाट रु २१ लाख ९२ हजार ५०० उठेको महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले जनाउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी