८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

राजदेवी मन्दिरमा १४ हजारभन्दा बढीको बलि

२५ आश्विन २०७३, मंगलवार ०७:५६

असोज २५, महेन्द्रनगर (धनुषा) | जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ६१७ बोकाको बलि प्रदान भएको छ । 


अष्टमीको राति ८ बजेबाट सुरु भएको बोका बलि प्रदानको कार्यक्रम सोमबार बिहान सकिएको छ । 


अघिल्लो वर्ष १३ हजार ६८४ बोका बलि प्रदान भएको थियो । आयोजक महावीर युवा कमिटीले यसपटक १८ हजारसम्म बोका बलि प्रदान हुनसक्ने दाबी गरेको थियो । यद्यपि अघिल्ला वर्षको तुलनामा यस वर्ष ९३३ बढी बोका बलि प्रदान भएको छ । 


विगतमा २०७० सालमा १४ हजार ८६१ बलि प्रदान भएको थियो भने त्यो सङ्ख्या घटेर २०७१ सालमा १४ हजार ७२२ मात्र बोका बलि प्रदान भएको थियो । अघिल्लो वर्ष २०७२ को तुलनामा यसपटक बोका बलिको सङ्ख्या बढी देखिए पनि २०७० र २०७१ को तुलनामा बोका बलि घटेको देखिन्छ । 


एउटा बोकाको बलिको लागि रु १५० को रसिद काट्नु पर्ने हुन्छ । यसरी प्रदान भएको बलिबाट रु २१ लाख ९२ हजार ५०० उठेको महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले जनाउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता