२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लाङटाङ पुगेर फर्कने क्रममा धादिङका पथप्रदर्शक होटलमा मृत फेला

२०८०, १७ मंसिर आईतवार १०:१५

मङ्सिर १७, धादिङ | लाङटाङ पदमार्गमा एक पथप्रदर्शकको मृत्यु छ। मृत्यु हुनेमा धादिङको धुनीवेशी नगरपालिका ९ का ५० वर्षीय कुमार पाण्डे हुन्।

उनी शनिबार बिहान ११ बजे गोसाईँकुण्ड गाउँपालिका-४  स्थित लामा तिबेतियन होटलको कोठामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरिक्षक दीपक रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार पाण्डे स्वीट्जरल्याण्डबाट आएकी अन्दाजी ७० वर्षीया महिलालाई लाङटाङ घुमाएर शुक्रबार राति उक्त होटलमा बास बसेका थिए। लाङटाङ पुगेर फर्कने क्रममा पाण्डे सामान्य बिरामी परेका थिए। सुतेको स्थानमा भोलिपल्ट मृत भेटिएको रेग्मीले बताए।

पाण्डे लामो समयदेखि पथप्रदर्शकको काम गर्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार स्वीट्जरल्याण्डकी ती महिलासँग उनको लामो समयदेखिको चिनजान रहेको र हरेक पटक नेपाल आउँदा पाण्डेले नै उनलाई घुमाउँथे।

मृतक पाण्डेको शव पोस्टमार्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु