१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लाङटाङ पुगेर फर्कने क्रममा धादिङका पथप्रदर्शक होटलमा मृत फेला

१७ मंसिर २०८०, आईतवार १०:१५

मङ्सिर १७, धादिङ | लाङटाङ पदमार्गमा एक पथप्रदर्शकको मृत्यु छ। मृत्यु हुनेमा धादिङको धुनीवेशी नगरपालिका ९ का ५० वर्षीय कुमार पाण्डे हुन्।

उनी शनिबार बिहान ११ बजे गोसाईँकुण्ड गाउँपालिका-४  स्थित लामा तिबेतियन होटलको कोठामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरिक्षक दीपक रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार पाण्डे स्वीट्जरल्याण्डबाट आएकी अन्दाजी ७० वर्षीया महिलालाई लाङटाङ घुमाएर शुक्रबार राति उक्त होटलमा बास बसेका थिए। लाङटाङ पुगेर फर्कने क्रममा पाण्डे सामान्य बिरामी परेका थिए। सुतेको स्थानमा भोलिपल्ट मृत भेटिएको रेग्मीले बताए।

पाण्डे लामो समयदेखि पथप्रदर्शकको काम गर्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार स्वीट्जरल्याण्डकी ती महिलासँग उनको लामो समयदेखिको चिनजान रहेको र हरेक पटक नेपाल आउँदा पाण्डेले नै उनलाई घुमाउँथे।

मृतक पाण्डेको शव पोस्टमार्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार