१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितवनमा बोराभित्र शव भेटिएकाको अझै पहिचान भएन, प्रहरीले सार्वजनिक गर्‍यो स्केच

१७ मंसिर २०८०, आईतवार ११:१४

मङ्सिर १७, काठमाडौँ | चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको अझै पहिचान हुन सकेको छैन।

गत मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो। 

दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्‍थामा शव फेला परेको थियो। तर शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको छ।


प्रहरीले आइतबार पुरूष र महिलाको पहिचानका लागि स्केच बनाएर सार्वजनिक पनि गरेको छ।

प्रहरीले यसअघि मृतकका कपडाहरू सार्वजनिक गरेको थियो। तर शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ।

प्रहरीले परिवारका कोही सदस्य, आफन्त तथा साथीहरू हराइरहेको भए, घर कोठामा डेरा गरी बस्ने मानिस सम्पर्कमा नआए, उद्योग कलकारखाना, पसल लगायतमा काम गर्ने सम्पर्कबिहीन भए वा यससँग सम्बन्धित सूचना भए खबर गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार