१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीका हिमाली जिल्लामा हिमपात, हवाई उडान प्रभावित

१८ मंसिर २०८०, सोमबार ०६:५०

मङ्सिर १८, सुर्खेत | हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको छ । सोमबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ । आइतबार मौसममा बदली भई रातिदेखि हुम्लामा भारी हिमपात भएको हो । 

गत वर्ष माघबाट हिमपात सुरु भए पनि यस पटक भने मंसिर तेस्रो सातामा हिमपात भएको हो । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले बताए ।


हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी,चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ ।

बिहानैदेखिको प्रतिकूल मौसमपश्चात हिउँ पर्न सुरू भएको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू हिउँ पर्न थालेपछि खुसी भएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए ।

त्यस्तै डोल्पा, मुगु र जुम्लाका माथिल्लो भागमा पनि हिँउ परिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । हिमपातले हिमाली जिल्लामा हवाई सेवा बन्द भएको छ । सोमबार मुगु , डोल्पा, हुम्ला र जुम्लामा हवाई उडान हुन नसकेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार