१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पशुपतिमा शव व्यवस्थापन गर्दै आएका व्यक्ति पक्राउ

१८ मंसिर २०८०, सोमबार ०८:३४

मङ्सिर १८, काठमाडौँ | पशुपतिमा अन्तिम संस्कारका लागि पुगेका शव व्यवस्थापन गर्ने व्यक्तिले नै ४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विगत १२ वर्षदेखि पशुपतिमा शव सदगद् गर्दै आएका सुमन खरेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाइएको छ। काभ्रेको भुम्लु गाउँपालिका–८ घर भई भएका खरेललाई पक्राउ गरेर बलात्कार कसुरमा मुद्दा चलाइएको हो। 

खरेलले गत कात्तिक २३ गते ४ वर्षीया बालिकाको मुखमा ‘सेक्स’ गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। पिंगलास्थानस्थित एक पसलको शौचालयमा खरेलले ती बालिकालाई बलात्कार गरेको बताइएको छ।

पिंगलास्थानको एक पसलमा मदिरा सेवन गरेका खरेलले खेल्दै गरेकी ४ वर्षीया बालिकालाई समातेर जबरजस्ती उनको मुखमा लिंग छिराएर बलात्कारर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

खरेलले समेत बयानमा उक्त कुरा स्वीकार गरेका छन्। कात्तिक २३ गते दिउँसो २ बजेतिर पिंगलास्थानमा पोर्न भीडियो हेर्दै आफूले मदिरा सेवन गरेको खरेलले बताएका छन्। सो क्रममा पिसाब फेर्न शौचालय जाने क्रममा शौचालय अगाडि ४ वर्षीया बालिकालाई बलात्कार गरेको उनले बयानमा स्वीकारेका छन्। 

‘म पोर्न भीडियो हेर्दै मदिरा पिइरहेको थिएँ। सोही क्रममा पिसाब फेरेर बाहिर निस्किँदा निर्वस्त्र भएकी बालिका देखेँ। उनलाई शौचालयमा बोलाउँदा आइनन्। त्यसपछि मैले उनको हातमा समातेर शौचालय भित्र लगेँ र चुकुल लगाएँ। त्यसपछि बालिकाको मुखमा आफ्नो लिङ्ग छिराएँ। त्यसपछि बालिका कराउन थालेपछि उनलाई छाडिदिए,’ खरेलले बयानमा भनेका छन्।

लगत्तै बालिकाले आफ्नो बुवालाई घटनाबारे बताएकी थिइन्। तत्कालै त्यही पसलबाट खरेललाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको थियो। 

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर खरेलमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धान सकेर प्रहरीले पठाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासमा खरेलको अहिले बकपत्र भइरहेको छ। खरेलले १० वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गरेको भन्दै जन्मकैदको सजाय मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार