१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीको पोशाक प्रयोग गरेकोप्रति माफी माग्दै सुशान्तले हटाए भिडियो

१८ मंसिर २०८०, सोमबार ०९:०१

मङ्सिर १८, काठमाडौँ | गायक सुशान्त केसीले आफ्नो गीत ‘झ्याल बाट’ गीतको भिडियो युट्युबबाट हटाएका छन् । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएको भन्दै उनले भिडियो हटाएका हुन् ।  उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् । 


उनले भनेका छन्, ‘हाम्रो भिडियोमा पुलिसको युनिफर्म प्रयोग भएको थियो । केही निश्चित दृश्यका लागि हामीले नेपाल पुलिसबाट अनुमति लिनुपर्ने भयो । त्यसैले अहिलेका लागि भिडियो हटाउनुपर्ने भयो । अब हामीले के गर्ने भनेर सोचिरहेका छौँ टिमसँग बसेर । सुट गरिरहेका छौं । थप जानकारी दिने नै छौं ।’ 

गीतमा अभिनेत्री उपासनासिंह ठकुरी नेपाल प्रहरीको पोशाकमा देखिएकी छन् । भिडियोमा हिरासतमा परेका सुशान्तले महिला प्रहरीको भूमिकामा रहेकी उपासनालाई जिस्काएको देखाइएको छ ।

केही अगाडि गायक प्रकाश सपुतले सार्वजनिक गरेको म्युजिक भिडियोमा प्रहरीको पोशाक प्रयोग गरिएको एक दृश्य पनि विवादित भएको थियो । उक्त दृश्यपछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति पनि जारी गर्दै भिडियोमा नेपाल प्रहरी पोशाक प्रयोग गर्दा अनुमति अनिवार्य भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार