दलसिंह गिरी | असोज २६, कालिकोट | दशै तिहार जस्ता मत्वपूर्ण चाड पर्बहरुमा विभिन्न खालका घटनाहरु घट्न गई समुदायको स्वास्थ्यमा पर्ने समस्या न्यूनिकरण गर्न नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | असोज २६, कालिकोट | दशै तिहार जस्ता मत्वपूर्ण चाड पर्बहरुमा विभिन्न खालका घटनाहरु घट्न गई समुदायको स्वास्थ्यमा पर्ने समस्या न्यूनिकरण गर्न नेप"/>

2026-07-07 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिल्ला अस्पतालमाआकस्मीक बाहेक अन्य सेवा बन्द, विरामीहरु मारमा


दलसिंह गिरी | असोज २६, कालिकोट | दशै तिहार जस्ता मत्वपूर्ण चाड पर्बहरुमा विभिन्न खालका घटनाहरु घट्न गई समुदायको स्वास्थ्यमा पर्ने समस्या न्यूनिकरण गर्न नेपाल सरकारले स्थानीय प्रशासन तथा स्वास्थ्य क्षेत्रलाई सेवा प्रभावकारी गराउन निर्देशन दिईरहेको बेला जिल्ला अस्पताल कालिकोटले भने आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेपछि विरामीहरुले उपचार नपाई सास्ती ब्यहोर्नु परेको छ । दशै तिहारको अवशर पारेर जिल्ला अस्पतालमा कार्यरत अधिकांश कर्मचारीहरु घर विदामा गएपछि विरामीहरुले उपचार नपाई सास्ती ब्यहोर्नु परेको हो । 

जिल्ला अस्पतालले दशै तिहारको बेला आकस्मीक सेवा बाहेक अन्य सेवा दिन नसक्ने भन्दै लिखित पत्र सहित निर्णय गरी जिल्ला स्वास्थ्य प्रमुख कौषल अली समेत घर विदामा भएपछि विरामीहरु उपचार नपाई मडिकलहरु घाउन बाध्य भएका छन् ।

जिल्ला अस्पतालमा राम्रो तथा प्रभावकारी स्वास्थ्य उपचार पाईएला भनेर टाढाबाट २ दिन हिडेर अस्पतालमा पुगिन्छ तर अस्पतालमा कार्यरत कर्मचारीको लाहपर्बाहिका कारण विरामीको पिडा माथि पिडा थपिने काम हुने गरेको दुखेसो पोख्छन् धौलागोहका घन बहादुर भण्डारी । आफुले १ महिना अगाडी आफ्नी गर्भवती पत्नीलाई सुरक्षित प्रसुति गराउनका लागि जिल्ला अस्पतालमै ल्याईयो तर स्वास्थ्यकर्मीको लाहपर्बाहिका कारण प्रसुति बेडमा प्रसुती नगराई उठेकै बेला बच्चा जन्मिएर बच्चाको टाउको भुईमा ठोकीएर बच्चाको मृत्यु भयो आमाको साल चुडियो त्यहि साल चुडिएका कारण अहिले पटक पटक अस्पतालमा उपचार गराउन आइरहनु परेको पिडा पोख्दछन् भण्डारी ।

उपचार गर्न सुर्खेत नेपालगंज तर्फ जानलाई दशै तिहारको बेला प्रयाप्त यातायात सेवा पाईदैन जिल्ला अस्पतालमा आयो आकस्मिक बाहेक अन्य उपचार सेवा पाईदैन भन्दै आक्रोस ब्यक्त गर्दछन् उपचारको लागि अस्पतालमा आएका विरामीहरु । हाल सुचारु भएको आस्मिक कक्षमा समेत अस्पतालमा कार्यरत कर्मचारीहरु नियमित नबस्ने गरेको र विरामीहरुसंग राम्रो ब्यवहार समेत नगरेको विरामीहरुको गुनासो छ । 

यता जिल्ला अस्पतालका सूचना अधिकारी एवं आकश्मिक कक्षका इन्चार्ज समेत रहेका दुर्गा प्रसाद चौलागाईले आकश्मिक कक्षबाट सेवा भैरहेको र विरामीलाई गर्ने ब्यवहार पनि राम्रै भैरहेको जिकिर गरेका छन् । अहिले आकश्मिककक्षमा कार्यरत कर्मचारी प्रयाप्त भएका कारण यदाकदा विरामीमा त्यस्तो फिल हुन सक्छ भन्दै हाल आकश्मिक सेवा बाहेक अन्य ओपिडी सेवा, एक्सरे सेवा, आन्तरिक सेवा, लगायतका अन्य सेवा बन्द रहेकाले विरामीहरुलाई प्रयाप्त सेवा दिन नसकिएको बताएका छन् ।

दातृ निकायको तर्फबाट जिल्ला अस्पतालमा कार्यरत अर्काडा. महेश्वर गोसाईले जिल्ला अस्पतालमा आउने कुनैपनि विरामीले स्वास्थ्य सेवा विनै फिर्ताहुन नपरेको जिविर गरेका छन् । यसको प्रति पश्न स्वरुप एउटा हात भाचिएको रकु २ लुसा स्थायी घर भएका प्रेम सुबेदीका ५ बर्षिया छोराको उपचारको लागि जिल्ला अस्पताल आउदा अस्पतालमा कुनै सेवा छैन भन्दै सामान्य गजिनाको पट्टी बाधेर घर फर्काएको विरामीको बारे के भन्नु हुन्छ भनि सोधिएको प्रश्नमा उनी भन्छन् आफुलाई त्यसबारे कुनै जानकारी नभएको र आफ्नो सम्पर्कमा आएका कुनैपनि विरामीलाई खाली नपठाएको बताएका छन् ।

हात भाचिएको विरामीबारे सोधिएको प्रश्न पश्चात डा. गोसाईले तत्काल विरामीका आफन्तलाई सम्पर्क गरी भाचिएको हातको आजै कार्यालय सहयोगीको सहयोगमा एक्सरेगरी विरामीको हातको प्लास्टर सहित उपचार गरेका छन् । 

मानिसको स्वास्थ्य जिवन संग सम्बन्धित सम्बेदनशिल स्वास्थ्य क्षेत्र समेत दशै तिहारको अवसर पारेर सम्पूर्ण सेवाहरु बन्दै गरेर स्वास्थ्य सरोकारवाला घरविदामा हिड्नु कत्तिको जाएज विषय होला, यसको बारेमा कालिकोटवासीले बहस गर्न आवश्यक रहेको भन्दै जिल्लाका जानकारहरुले आवाज उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने