२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिचौङ चक्रवातले नेपालमा कस्तो मौसमी प्रभाव पार्छ ?

२०८०, १९ मंसिर मंगलवार ०७:१९

एजेन्सी |  बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिचौङ नामको चक्रवातका कारण नेपालमा समेत मौसमी प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशसँगै देशको पहाडी भू–भागमा आंशिक बदली रही मौसम सामान्यता सफा रहने छ । 

कोशी, बागमती र गण्डकी प्रदेशकै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जानकारी महाशाखाका मौसम विज्ञ रोजन लामिछानेले दिए । उनका अनुसार यी प्रदेशका उच्च पहाडी भू–भागमा हावा हुरी चलिरहेको छ । अहिले कोशी र मधेस प्रदेशमा आंशिक बदली भई हावाहुरी चलिरहेको छ । लामिछानेका अनुसार मिचौङ आँधीबाट अहिल्यै आत्तिइहाल्नुपर्ने अवस्था छैन । 


चक्रवातका कारण छिमेकी मुलुक भारतको चेन्नई सहरका धेरै आवासीय क्षेत्रहरू जलमग्न भएका छन् । आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त विमानस्थल चेन्नइको विमानस्थल सोमबार सञ्चालन हुन सकेन । भारतीय समाचार संस्थाहरूले जनाएअनुसार चेन्नईमा ८ जनाको मृत्यु भएको छ । 

१ सय १० किलोमिटर प्रतिघण्टाको रहेको चक्रवातले आन्ध्र प्रदेश र तामिलनाडुका विद्यालय, कलेज, बैंक लगायत सार्वजनिक निकायहरू सोमबारदेखि नै बन्द छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु