१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिचौङ चक्रवातले नेपालमा कस्तो मौसमी प्रभाव पार्छ ?

१९ मंसिर २०८०, मंगलवार ०७:१९

एजेन्सी |  बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिचौङ नामको चक्रवातका कारण नेपालमा समेत मौसमी प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशसँगै देशको पहाडी भू–भागमा आंशिक बदली रही मौसम सामान्यता सफा रहने छ । 

कोशी, बागमती र गण्डकी प्रदेशकै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जानकारी महाशाखाका मौसम विज्ञ रोजन लामिछानेले दिए । उनका अनुसार यी प्रदेशका उच्च पहाडी भू–भागमा हावा हुरी चलिरहेको छ । अहिले कोशी र मधेस प्रदेशमा आंशिक बदली भई हावाहुरी चलिरहेको छ । लामिछानेका अनुसार मिचौङ आँधीबाट अहिल्यै आत्तिइहाल्नुपर्ने अवस्था छैन । 


चक्रवातका कारण छिमेकी मुलुक भारतको चेन्नई सहरका धेरै आवासीय क्षेत्रहरू जलमग्न भएका छन् । आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त विमानस्थल चेन्नइको विमानस्थल सोमबार सञ्चालन हुन सकेन । भारतीय समाचार संस्थाहरूले जनाएअनुसार चेन्नईमा ८ जनाको मृत्यु भएको छ । 

१ सय १० किलोमिटर प्रतिघण्टाको रहेको चक्रवातले आन्ध्र प्रदेश र तामिलनाडुका विद्यालय, कलेज, बैंक लगायत सार्वजनिक निकायहरू सोमबारदेखि नै बन्द छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार