२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इ-सेवा कर्मचारी हुँ भन्दै ओटीपी मागेर खाताबाट पैसा चोरी: ८५ जना प्रतिवादी कायम, ३ जना पक्राउ

२०८०, १९ मंसिर मंगलवार ०८:५१

मङ्सिर १९, काठमाडौँ | आफूलाई इसेवाको कर्मचारी बताएर ओटीपी नम्बर माग्दै खाताको पैसा झिक्ने गिरोहविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ।

काठमाडौं प्रहरी परिसरको अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ८५ जनालाई प्रतिवादी कायम गरेर अभियोग पत्र दायर गरेको छ। ७३ जनाले ओटिपी नम्बर मागेर आफ्नो खाताबाट पैसा चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

पिडितसँग ओटिपी नम्बर माग्दा प्रयोग भएको मोबाइल नम्बर र खाताबाट पैसा ट्रान्सफर गरी जम्मा भएको खाताका आधारमा प्रतिवादी कायम गरिएको छ।

रौतहटको गौरका २५ वर्षीय नवनित कुमार कुशवाह, २१ वर्षीय रिकेशकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहासहितको व्यक्तिले आफूलाई इसेवाको कर्मचारी बताएर विभिन्न बहाना बनाएर ओटिपी मागेको र त्यसपछि खाताबाट पैसा चोरी भएको भन्दै जाहेरवालाले उजुरी गरेका थिए।

प्रहरीका अनुसार पीडितको खाताबाट कुल ४९ लाख १६ हजार ४ सय ३३ रुपैयाँ गिरोहले ट्रान्सफर गरेर अन्य खातामा पठाएको पाइएको छ। प्रतिवादी बनाइएकामा पूर्व झापादेखि पश्चिम कन्चनपुरसम्मका व्यक्ति छन्। प्रतिवादी बनाइएकामध्ये ३ जना पक्राउ परेका छन् भने ८२ जनालाई फरार कायम गरिएको छ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी