१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इ-सेवा कर्मचारी हुँ भन्दै ओटीपी मागेर खाताबाट पैसा चोरी: ८५ जना प्रतिवादी कायम, ३ जना पक्राउ

१९ मंसिर २०८०, मंगलवार ०८:५१

मङ्सिर १९, काठमाडौँ | आफूलाई इसेवाको कर्मचारी बताएर ओटीपी नम्बर माग्दै खाताको पैसा झिक्ने गिरोहविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ।

काठमाडौं प्रहरी परिसरको अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ८५ जनालाई प्रतिवादी कायम गरेर अभियोग पत्र दायर गरेको छ। ७३ जनाले ओटिपी नम्बर मागेर आफ्नो खाताबाट पैसा चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

पिडितसँग ओटिपी नम्बर माग्दा प्रयोग भएको मोबाइल नम्बर र खाताबाट पैसा ट्रान्सफर गरी जम्मा भएको खाताका आधारमा प्रतिवादी कायम गरिएको छ।

रौतहटको गौरका २५ वर्षीय नवनित कुमार कुशवाह, २१ वर्षीय रिकेशकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहासहितको व्यक्तिले आफूलाई इसेवाको कर्मचारी बताएर विभिन्न बहाना बनाएर ओटिपी मागेको र त्यसपछि खाताबाट पैसा चोरी भएको भन्दै जाहेरवालाले उजुरी गरेका थिए।

प्रहरीका अनुसार पीडितको खाताबाट कुल ४९ लाख १६ हजार ४ सय ३३ रुपैयाँ गिरोहले ट्रान्सफर गरेर अन्य खातामा पठाएको पाइएको छ। प्रतिवादी बनाइएकामा पूर्व झापादेखि पश्चिम कन्चनपुरसम्मका व्यक्ति छन्। प्रतिवादी बनाइएकामध्ये ३ जना पक्राउ परेका छन् भने ८२ जनालाई फरार कायम गरिएको छ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार