८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ७५ फिटको अग्लो ताहजिया

२७ आश्विन २०७३, बिहीबार ०३:४५

कपिलवस्तु सम्बादाता | असोज २७, कपिलवस्तु | मोहरम पर्वको अवसारमा कपिलवस्तुमा ७५ फिटको अग्लो ताहजिया बनाइएको छ । कपिलवस्तुको रामनगर गाविस पटनामा नेपालकै सबैभन्दा अग्लो ताहजिया बनाइएको हो ।

पटना गाउमा ताजिया संरक्षण समति गठन गरेर पटनाका एघार जनाको समुहले एक महिना लगाएर पचहत्तर फिट अग्लो ताहजिया बनाएका हुन । रु १ लाख ५० हजारको लागातमा पचहत्तर फिट अग्लो ताजिया बनाएको ताजिया संरक्षण समितिका अध्यक्ष मूख्तार अहमद बेगले बताए । बाँस, कागज,पिठोको लेदोले सहयातले करिब ताजिया निर्माण गरिएको हो । पटनाका स्माइलबेग,हसनवेग,जुलकदर मुजावर,बाबुराम कोरी,नसीम बेग, आफक खान,रज्जाक मिया,हरिद्धार प्रसाद मौर्या,राज कुमार अराख, राम फेरन कोरीले ताहजिया बनाएको अध्यक्ष मुख्तार बेगले बताउनु भयो ।

ईस्लाम धर्मावलम्वीहरुको मोहरम पर्व आज ताहजिया बनाएर मनाइदै छ । ईस्लामी क्यालेन्डर हिजरी सम्वत १४३८ हिजरीको पहिलो महिनाको चाँदको १ तारिकदेखि शूरु हुने मोहरम पर्व १० तारिखसम्म मनाईने गरिन्छ । मुस्लिम धर्मालम्वीहरुले ईद, बकर ईद र मोहरमको दशमी लाई धुमधामका साथ मनाउने चलन रहि आएको छ । आज धर्मीक जुलुस यात्रा गरि, ताहजिया बनाइ मनाइदै छ । हजरत महम्मद को नाती हसन र हुसैेन सहिद भएको संम्झनामा मुस्लिम धर्मालम्वीहरु र हिन्दुहरुले समेत यो पर्व मन्दै आएका छन ।

मुस्लिम समुदायको पर्व भए पनि यहाँका हिन्द समुदायकाले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन् । आफुले भाकल गरेको पुरा भएपछी मोहरम पर्व मनाउन लगेको कृष्णनगरका राम प्रसाद यादवले बताउनुभयो । पछिल्लो समय मोहरम पर्व सद्भावको पर्वको रुपमा स्थापित हुदै गएको छ । मोहरम पर्वमा हजरत महम्मद को नाती हसन र हुसैेन सहिद भएको संम्झनामा कागजको ताहजिया बनाएर ढोल,तासा,झाज बाजाउने चलन रहेको छ ।

ईमाम हुसेनले अल्लाह संग मेरो हजुरवुवा मोहम्मद लाई मान्ने सम्पुर्ण मुस्लिमलाई जन्नत( स्वर्ग) पुर्याउन गरेको वाचा अनुरुप बदलामा हुसेन ईराकको राजधानी कर्रवला बग्दादमा सहिद भएको सम्झनामा संसारभरका मुस्लिमहरुले मोहरम मनाउदै आएका छन ।

हुसेैनको आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकोले, नवाज पढ्ने समयमा सधै हुसेन रोहीरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न वाधा नपरोस भर्नी जन्नत घुमाउदा समेत, हुसेन रुन नछोडेपछि अल्लाहले, तिमी किन रोईरहेको भनी प्रश्न गर्नुभयो । हुसैेनले मेरो हर्जरत मोहम्मदका उम्मदहरु( अनुयायीहरु) सिधै जन्नत जान पाउन भनी माग गरेपछि अल्लाहले तिमी कर्रवला बग्दादमा सहिद हुन तयार छौ भने मात्र म तिम्रो ईच्छा पुरा गर्ने छु भनी वाचा गरेपछि मोहरमको नवमीको रात हुसैेनको कतल गरी मोरम दशमीको दिन सहिद भएको संम्झनामा मुस्लिमहरुले यो पर्व मनाउदै आएका छन ।

हुसैेन सहिद भएको दिन देखी संसारभरी ईस्लाम धर्म फैलिएको मुस्लिम धर्मालम्वीहरुले बताउदै आएका छन । हसन र हुसैेनको संम्झनामा कपिलवस्तु लगायत विभिन्न जिल्लाका मुस्लिम र हिन्दुहरुले तहाजिया निकालेका गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता