२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ओखलढुंगामा देउवालाई कालोझन्डा देखाउने नौजना पक्राउ

२०८०, १९ मंसिर मंगलवार ११:१७

मङ्सिर १९, काठमाडौँ | ओखलढुंगामा कांग्रेस सभापति शेरबहादुर देउवालाई कालोझन्डा देखाउने नौजना पहिचानवादी पक्राउ परेका छन्। कोशी नाम खारेज गरी प्रदेश १ को पुनः नामकरण गर्न माग गर्दै आन्दोलित नौजना पहिचान पक्षधर नेता पक्राउ परेका हुन्। 

जिल्लामा नवनिर्मित बिपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुंगा आएका सभापति देउवासहितका नेताले स्वर्गीय नेता बलबहादुर राईको सालिकमा माल्यार्पण गर्ने क्रममा पहिचानवादीले नारा–जुलुस गर्दै कालोझन्डा देखाउन र कार्यक्रम बिथोल्न खोजेका थिए। त्यसलगत्तै प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका जिल्ला अध्यक्ष थगेन्द्र राई, सचिव दीपेन्द्र रुम्दाली, किराँत राई यायोक्खाका केन्द्रीय महासचिव भीम राईसहित रेखराज राई, चम्मर राई, दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अश्विन राई र सुजन राई रहेको जिल्ला प्रहरी प्रमुख दीपक केसीले बताए। कार्यक्रम बिथोल्न र नेताहरूलाई कालोझन्डा देखाउन थालेपछि पक्राउ गरिएको उनको भनाइ छ। 

पहिचान पक्षधरले जिल्लामा आउने दलका नेतालाई निरन्तर अवरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी