१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ओखलढुंगामा देउवालाई कालोझन्डा देखाउने नौजना पक्राउ

१९ मंसिर २०८०, मंगलवार ११:१७

मङ्सिर १९, काठमाडौँ | ओखलढुंगामा कांग्रेस सभापति शेरबहादुर देउवालाई कालोझन्डा देखाउने नौजना पहिचानवादी पक्राउ परेका छन्। कोशी नाम खारेज गरी प्रदेश १ को पुनः नामकरण गर्न माग गर्दै आन्दोलित नौजना पहिचान पक्षधर नेता पक्राउ परेका हुन्। 

जिल्लामा नवनिर्मित बिपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुंगा आएका सभापति देउवासहितका नेताले स्वर्गीय नेता बलबहादुर राईको सालिकमा माल्यार्पण गर्ने क्रममा पहिचानवादीले नारा–जुलुस गर्दै कालोझन्डा देखाउन र कार्यक्रम बिथोल्न खोजेका थिए। त्यसलगत्तै प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका जिल्ला अध्यक्ष थगेन्द्र राई, सचिव दीपेन्द्र रुम्दाली, किराँत राई यायोक्खाका केन्द्रीय महासचिव भीम राईसहित रेखराज राई, चम्मर राई, दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अश्विन राई र सुजन राई रहेको जिल्ला प्रहरी प्रमुख दीपक केसीले बताए। कार्यक्रम बिथोल्न र नेताहरूलाई कालोझन्डा देखाउन थालेपछि पक्राउ गरिएको उनको भनाइ छ। 

पहिचान पक्षधरले जिल्लामा आउने दलका नेतालाई निरन्तर अवरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार