युट्युबमा भ्युजका लागि जानीजानी प्लेन दुर्घटना गराएको तथा अनुसन्धान अधिकारीहरुलाई ढाँटेको आरोपमा अमेरिकामा एक युट्युबरलाई ६ महिना जेल सजाय सुनाइएको छ ।

३० वर्षीय ट्रभर ज्याकबले सन् २०२१ को डिसेम्बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युट्युबमा भ्युजका लागि जानीजानी प्लेन दुर्घटना गराएको तथा अनुसन्धान अधिकारीहरुलाई ढाँटेको आरोपमा अमेरिकामा एक युट्युबरलाई ६ महिना जेल सजाय सुनाइएको छ ।

३० वर्षीय ट्रभर ज्याकबले सन् २०२१ को डिसेम्बर"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युट्युबमा भ्यूजका लागि विमान दुर्घटना गराउने युट्युबरलाई जेल

१९ मंसिर २०८०, मंगलवार ११:४१

मङ्सिर १९, काठमाडौँ | युट्युबमा भ्युजका लागि जानीजानी प्लेन दुर्घटना गराएको तथा अनुसन्धान अधिकारीहरुलाई ढाँटेको आरोपमा अमेरिकामा एक युट्युबरलाई ६ महिना जेल सजाय सुनाइएको छ ।

३० वर्षीय ट्रभर ज्याकबले सन् २०२१ को डिसेम्बरमा विमान दुर्घटनाको भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनी विमानबाट हातमा सेल्फी स्टिक लिएर हामफालेको देखिन्छ । उनी प्यारासुटको मद्दतले सुरक्षित जमिनमा अवतरण गरेका थिए । उक्त भिडियोलाई लाखौँले हेरेका छन् ।


आफ्नो बचाउमा ज्याकबले उक्त भिडियो एउटा विज्ञापनको सम्झौता अन्तरगत तयार गरिएको जिकिर गरेका थिए । यस वर्षको सुरुवातमा भने उनले फेडरल जाँचलाई अवरोध पुर्‍याएको स्वीकार गरेका थिए ।

ज्याकबले सामाजिक सञ्जाल र समाचारमा आफ्नो कभरेज बढाउनुका साथै आर्थिक लाभ लिन यो हर्कत गरेको अभियोजकहरुको भनाई छ । यस्तो व्यवहार सह्य नहुने उनीहरूको भनाई छ ।

सन् २०२१ को नोभेम्बरमा क्यालिफोर्नियाको सान्टा बारबरा विमानस्थलबाट एउटा विमानमा क्यामरा जडान गरेर उडान भरेका थिए । उनको उद्देश्य गन्तव्यमा पुग्ने भन्दा पनि बिच बाटोमा नै विमान दुर्घटना गराउने रहेको थियो । उडानको ३५ मिनेटपछि ज्याकब विमानबाट हामफालेका थिए । विमान लस पाडरेस नेसनल फरेस्टमा दुर्घटनाग्रस्त भएको थियो । उनी पछि विमान दुर्घटना भएको स्थानमा पुगेर क्यामरा लिएर हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार