युट्युबमा भ्युजका लागि जानीजानी प्लेन दुर्घटना गराएको तथा अनुसन्धान अधिकारीहरुलाई ढाँटेको आरोपमा अमेरिकामा एक युट्युबरलाई ६ महिना जेल सजाय सुनाइएको छ ।

३० वर्षीय ट्रभर ज्याकबले सन् २०२१ को डिसेम्बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युट्युबमा भ्युजका लागि जानीजानी प्लेन दुर्घटना गराएको तथा अनुसन्धान अधिकारीहरुलाई ढाँटेको आरोपमा अमेरिकामा एक युट्युबरलाई ६ महिना जेल सजाय सुनाइएको छ ।

३० वर्षीय ट्रभर ज्याकबले सन् २०२१ को डिसेम्बर"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युट्युबमा भ्यूजका लागि विमान दुर्घटना गराउने युट्युबरलाई जेल

२०८०, १९ मंसिर मंगलवार ११:४१

मङ्सिर १९, काठमाडौँ | युट्युबमा भ्युजका लागि जानीजानी प्लेन दुर्घटना गराएको तथा अनुसन्धान अधिकारीहरुलाई ढाँटेको आरोपमा अमेरिकामा एक युट्युबरलाई ६ महिना जेल सजाय सुनाइएको छ ।

३० वर्षीय ट्रभर ज्याकबले सन् २०२१ को डिसेम्बरमा विमान दुर्घटनाको भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनी विमानबाट हातमा सेल्फी स्टिक लिएर हामफालेको देखिन्छ । उनी प्यारासुटको मद्दतले सुरक्षित जमिनमा अवतरण गरेका थिए । उक्त भिडियोलाई लाखौँले हेरेका छन् ।


आफ्नो बचाउमा ज्याकबले उक्त भिडियो एउटा विज्ञापनको सम्झौता अन्तरगत तयार गरिएको जिकिर गरेका थिए । यस वर्षको सुरुवातमा भने उनले फेडरल जाँचलाई अवरोध पुर्‍याएको स्वीकार गरेका थिए ।

ज्याकबले सामाजिक सञ्जाल र समाचारमा आफ्नो कभरेज बढाउनुका साथै आर्थिक लाभ लिन यो हर्कत गरेको अभियोजकहरुको भनाई छ । यस्तो व्यवहार सह्य नहुने उनीहरूको भनाई छ ।

सन् २०२१ को नोभेम्बरमा क्यालिफोर्नियाको सान्टा बारबरा विमानस्थलबाट एउटा विमानमा क्यामरा जडान गरेर उडान भरेका थिए । उनको उद्देश्य गन्तव्यमा पुग्ने भन्दा पनि बिच बाटोमा नै विमान दुर्घटना गराउने रहेको थियो । उडानको ३५ मिनेटपछि ज्याकब विमानबाट हामफालेका थिए । विमान लस पाडरेस नेसनल फरेस्टमा दुर्घटनाग्रस्त भएको थियो । उनी पछि विमान दुर्घटना भएको स्थानमा पुगेर क्यामरा लिएर हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी