आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on: 06 Dec, 2023

मङ्सिर २०, काठमाडौँ | बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

बुधबार छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य एक हजार ४८० रुपैयाँ तोकिएको छ ।

मंगलबार एक लाख १९ हजार २ सय रुपैयाँमा छापावल,एक लाख १८ हजार ६५० रुपैयाँमा तेजावी सुन र एक हजार ५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!