मङ्सिर २०, काठमाडौँ | दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अप्ठ्यारो रहेको बताएको छ । अर्थ समिति बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सीईओलाई कानूनको दायरामा ल्याउन कानून नभएको प्रष्टीकरण दिए ।
समिति सदस्यको सवालको जवाफ दिँदै खनालले कानून बनाउन खोज्दा पनि संसदबाट ड्राफ्ट फर्काइएको बताएका छन् । शेयर खरिदबिक्री प्रक्रिया रोक्न कम्पनी रजिस्ट्रार कार्यालयमा पत्राचार गर्दा रोक्न नमिल्ने जवाफ पठाएको उनले सुनाए ।
बैठकमा उनले एनसेलको शेयर बिक्री र मूल्यमा पनि चलखेल भएको बताए ।