कतार भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

Posted on: 07 Dec, 2023

मङ्सिर २१, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कतार जाँदैछन्। लामिछाने बिहान साढे ९ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ जान लागेका हुन्।

विभिन्न कार्यक्रममा सहभागी हुनका लागि लामिछाने दुई दिनका लागि कतार भ्रमणमा जान लागेको हुन् |

लामिछाने पार्टीको संगठन विस्तारको सिलसिलामा कतार जान लागेको बताइएको छ। उनले दुई दिनको कतार बसाइको क्रममा संगठन निर्माण र विस्तारका लागि त्यहाँ रहेका नेपालीहरुसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

दुई दिनको कतार बसाइपछि लामिछानले त्यहीँबाट बेलायत जाने बताइएको छ। बेलायतमा पनि उनले त्यहाँ रहेका नेपालीहरुसँग अन्तर संवाद र अन्तर्क्रिया गर्ने कार्यक्रम छ। उनी केही दिनअघि मात्र मलेसिया पुगेर फर्किएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!