प्रहरीसँगै खानेपानीको बोतललाई दोब्बर मूल्य लिएपछि...

Posted on: 07 Dec, 2023

मङ्सिर २१, काठमाडौँ |  काठमाडौंको कमलादीमा एक मिठाई पसल ड्युटीमा रहेका प्रहरीबाटै खानेपानीको बोतललाई दोब्बर मूल्य लिएपछि कारबाहीमा परेको छ । काठमाडौं महानगरपालिकाको कार्यालयनजिकैको सजनगोठले पानीको बोतललाई ४० रुपैयाँका दरले बेच्दै आएको थियो ।

बुधबार पानी किन्न पुगेका दुई ट्राफिक प्रहरीलाई समेत पसलले प्रतिबोतल ४० रुपैयाँका दरले लिएका थिए । प्रतिबोतल १५ देखि २० रुपैयाँसम्म पर्ने पानीको मूल्य ४० रुपैयाँ लिएपछि ट्राफिक प्रहरीले पसल सञ्चालक सजनगोठका सञ्चालकलाई समातेर महानगरपालिकाको कार्यालय पुर्‍याइदिएका थिए ।

नगर प्रहरीले पसल सञ्चालक सजनगोठसँग १० हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!