२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कृष्णभिरमा मृत भेटिएका पत्रकार ढकालको हत्या आरोपमा ४ जना पक्राउ

२०८०, २१ मंसिर बिहीबार १०:०५

मङ्सिर २१, काठमाडौँ | धादिङको बेनिघाट रोराङ–७ कृष्णभिरमा मृत भेटिएका पत्रकार तथा कलाकार प्रकाश ढकालको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

ढकालको हत्या आरोपमा जिल्ला प्रहरी कार्याल धादिङले ४ जनालाई पक्राउ गरेको हो। धादिङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सन्तोष परियार, निलबहादुर दर्जी, समीर विक र रविराज सुवेदी हुन्। 


पक्राउ परेका ४ जनामध्ये १ जना बसका साहु, १ जना चालक र २ जना सहचालक रहेको प्रहरीले जनाएको छ। स्याङ्जाबाट काठमाडौं आउने क्रममा बसमा विवादमा भएपछि कुटपिट गर्दै बसबाट ढकाललाई झारेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले विवाद भएपछि रातिको समयमा बसबाट ढकाललाई झारेका थिए। 

४ दिनदेखि हराइरहेका ढकालको शव मंसिर ४ गते धादिङको कृष्णभिरमा भेटिएको थियो। उनी विगत ७ वर्षदेखि लालिगुराँस डटकममा आबद्ध थिए।  लालिगुराँसका लागि मनोरन्जन संवाददाताको रुपमा काम गरेका उनी तिहारमा आफ्नो घर स्याङ्जाको चापाकोट गएका थिए। घरबाट काठमाडौं जान फर्किएका उनी सम्पर्कविहीन थिए। त्रिशुली नदीमा र्‍याफ्टिङ गर्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव संकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी