२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनसेलले बिक्री गरेका शेयर दर्ता नगर्न उच्च अदालतको अल्पकालीन आदेश

२०८०, २१ मंसिर बिहीबार १२:१३

मङ्सिर २१, काठमाडौँ | एनसेलले खरीदबिक्री गरेका शेयर दर्ता किताबमा दर्ता नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार अल्पकालीन आदेश मार्फत किनबेच भएका शेयर दर्तामा रोक लगाएकाे छ। एनसेलको शेयर खरीदबिक्री विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

उच्च अदालतको आदेशमा भनिएको छ, ‘खरीदबिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ।’

उच्च अदलतले मंसीर २५ गतेसम्म एनसेलको शेयर दर्ता किताबमा दर्ता नगर्न नगराउन कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी गर्ने/नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई मंसीर २५ गते बोलाएको छ।

एनसेलले शेयर खरीदबिक्री गर्ने निर्णय गरेपछि गोकुलबहादुर रोकाया उच्च अदालत पुगेका थिए। उनले शेयर खरीदबिक्री रोक्नका लागि अन्तरिम आदेश माग गरेका थिए।

यससँगै उच्च अदालतले कारण देखाउ आदेश पनि दिएको छ। अदालतले ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो?’ भन्दै माग बमोजिमको आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए पेश गर्न भनेको छ। यसका लागि १५ दिनको समय दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी