१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनसेलले बिक्री गरेका शेयर दर्ता नगर्न उच्च अदालतको अल्पकालीन आदेश

२१ मंसिर २०८०, बिहीबार १२:१३

मङ्सिर २१, काठमाडौँ | एनसेलले खरीदबिक्री गरेका शेयर दर्ता किताबमा दर्ता नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार अल्पकालीन आदेश मार्फत किनबेच भएका शेयर दर्तामा रोक लगाएकाे छ। एनसेलको शेयर खरीदबिक्री विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

उच्च अदालतको आदेशमा भनिएको छ, ‘खरीदबिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ।’

उच्च अदलतले मंसीर २५ गतेसम्म एनसेलको शेयर दर्ता किताबमा दर्ता नगर्न नगराउन कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी गर्ने/नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई मंसीर २५ गते बोलाएको छ।

एनसेलले शेयर खरीदबिक्री गर्ने निर्णय गरेपछि गोकुलबहादुर रोकाया उच्च अदालत पुगेका थिए। उनले शेयर खरीदबिक्री रोक्नका लागि अन्तरिम आदेश माग गरेका थिए।

यससँगै उच्च अदालतले कारण देखाउ आदेश पनि दिएको छ। अदालतले ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो?’ भन्दै माग बमोजिमको आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए पेश गर्न भनेको छ। यसका लागि १५ दिनको समय दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार