२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता

२०७३, २८ आश्विन शुक्रबार ०४:२६

रबिन्द्र यादव/ असोज २८, नवलपरासी । नवलपरासीको गुठी सुर्यपुरा मा खुल्ला पुरुष कपर्दी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता नवजीवन युवा क्लब गुठी सुर्यपुराको आयोजना भइरहेको छ ।  खुल्ला कपर्दी प्रतियोगितामा नेपाल भारत गरि २२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

कपर्दी उद्घाटन कार्यक्रम नवजीवन युवा क्लब का संयोजक ब्यासमुनी कुशवाहा को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार सन्तु रहनु भएको थियो । प्रमुख अतिथि कलवार सन्तुले खेलकुद प्रतियोगिताले गाउँ ठाउँ जिल्ला र राष्ट्र लाई चिनाउने भएकोले खेलाडीहरूले अनुशासित भएर खेल्नु हुने बताउनु भएको थियो साथै सांसद विकास कोषको एक लाख २७ हजार रुपया गुठी सुर्यपुरा मा खेलकुदका लागि दिइने जानकारी दिनु भएको थियो ।


 त्यसैगरी विशेष अतिथि जिल्ला खेलकुद विकास समिति का कुमार आले ले पश्चिमाञ्चल स्तरिय कपर्दी को खेलाडी छनौट खेल नवलपरासी कै क्षेत्र नम्बर ६ मा गरिने जानकारी दिनु हुँदै उहाले आफ्नो डेढ सालको कार्यकालमा दुई करोड भन्दा बढि रकम खेल र खेलाडी को विकास लागि खर्च गरिसकेको बताउनु भयो । उद्घाटन कार्यक्रम मा नेपाली काङ्ग्रेस का क्षेत्रिय संयोजक मुकुल आचार्य, तमलोपा क्षेत्रिय संयोजक रामपृत यादव, उखु उत्यपादक समिति का संयोजक उमेशचन्द्र यादव, गण्डक नियन्त्रण संघर्ष समिति का सचिव दुधनाथ गुप्ता लगायतको सहभागिता रहेको थियो । कपर्दी प्रतियोगिता तीन दिन संचालन रहने बताइएको छ ।


प्रथम हुने टिमलाई नगद आठ हजार सहित मेडल सिल्ड प्रमाणपत्र दोस्रो हुने टिमलाई पाच हजार नगद सहित मेडल सिल्ड प्रमाणपत्र तथा तेस्रो हुनेलाई तीन हजार नगद मेडल सिल्ड प्रमाणपत्र दिइने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल