८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता

२८ आश्विन २०७३, शुक्रबार ०४:२६

रबिन्द्र यादव/ असोज २८, नवलपरासी । नवलपरासीको गुठी सुर्यपुरा मा खुल्ला पुरुष कपर्दी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता नवजीवन युवा क्लब गुठी सुर्यपुराको आयोजना भइरहेको छ ।  खुल्ला कपर्दी प्रतियोगितामा नेपाल भारत गरि २२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

कपर्दी उद्घाटन कार्यक्रम नवजीवन युवा क्लब का संयोजक ब्यासमुनी कुशवाहा को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार सन्तु रहनु भएको थियो । प्रमुख अतिथि कलवार सन्तुले खेलकुद प्रतियोगिताले गाउँ ठाउँ जिल्ला र राष्ट्र लाई चिनाउने भएकोले खेलाडीहरूले अनुशासित भएर खेल्नु हुने बताउनु भएको थियो साथै सांसद विकास कोषको एक लाख २७ हजार रुपया गुठी सुर्यपुरा मा खेलकुदका लागि दिइने जानकारी दिनु भएको थियो ।


 त्यसैगरी विशेष अतिथि जिल्ला खेलकुद विकास समिति का कुमार आले ले पश्चिमाञ्चल स्तरिय कपर्दी को खेलाडी छनौट खेल नवलपरासी कै क्षेत्र नम्बर ६ मा गरिने जानकारी दिनु हुँदै उहाले आफ्नो डेढ सालको कार्यकालमा दुई करोड भन्दा बढि रकम खेल र खेलाडी को विकास लागि खर्च गरिसकेको बताउनु भयो । उद्घाटन कार्यक्रम मा नेपाली काङ्ग्रेस का क्षेत्रिय संयोजक मुकुल आचार्य, तमलोपा क्षेत्रिय संयोजक रामपृत यादव, उखु उत्यपादक समिति का संयोजक उमेशचन्द्र यादव, गण्डक नियन्त्रण संघर्ष समिति का सचिव दुधनाथ गुप्ता लगायतको सहभागिता रहेको थियो । कपर्दी प्रतियोगिता तीन दिन संचालन रहने बताइएको छ ।


प्रथम हुने टिमलाई नगद आठ हजार सहित मेडल सिल्ड प्रमाणपत्र दोस्रो हुने टिमलाई पाच हजार नगद सहित मेडल सिल्ड प्रमाणपत्र तथा तेस्रो हुनेलाई तीन हजार नगद मेडल सिल्ड प्रमाणपत्र दिइने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता