५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘१० किलो सुनको सूचना पछ्याउँदा १४ किलो भेटियो’

२२ मंसिर २०८०, शुक्रबार ०७:४४

मङ्सिर २२, काठमाडौँ |  त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १० किलो सुनको सूचना पछ्याउँदा १४ किलो सुन बरामद गरेको बताएको छ । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले १० किलो सुन आउने सूचना पछ्याउँदा १४ किलो सुन बरामद भएको बताए । 

विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक पाण्डेका अनुसार केही दिन अगाडि नै दुबईबाट १० किलो सुन आउँदै छ भन्ने सूचना प्राप्त भएको थियो । सुन कहिले आउँदै छ भन्ने स्पष्ट सूचना नभए पनि सुन ल्याउने व्यक्तिको हुलिया र सुन आउन लागेको बारे सूचना आएको थियो । 


सूचना दिने व्यक्तिले १० किलो सुन आउँदै छ भनेपछि आफूहरूले निगरानी बढाएको र प्रमुख प्रशासक आफै फिल्डमा खटिएको पाण्डेले बताए । प्रमुख प्रशासक पाण्डे बुधवार रातभर र बिहीबार समेत रातभर फिल्डमा खटिएका थिए । बिहीबार विमानबाट ओर्लने बित्तिकै सूचनामा आएको व्यक्तिको हुलिया मिलेपछि उनलाई सोझै एक्सरेमा ल्याएर चेकजाँच गरिएको पाण्डेको भनाइ छ । 

पाण्डेले भने, ‘उनी विमानबाट ओर्लने बित्तिकै हामीले वाक थ्रुबाट एक्सरेमा ल्यायौँ । सर्टभित्र ज्याकेटजस्तो झोला बनाएर सात वटा बिस्कुटमा २ किलोको दरले १४ किलो सुन ल्याएका रहेछन् । हामीले नियन्त्रणमा लिई सुन ल्याउन सहजीकरण गर्ने र नेपालमा रिसिभ गर्ने व्यक्तिलाई पनि समातेका छौँ ।’

विमानबाटै नियन्त्रणमा नलिएको भए अर्कै हुन सक्थ्यो : पाण्डे

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. पाण्डेले पक्राउ परेका व्यक्तिलाई विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा नलिएको भए सुन फेला नपर्न पनि सक्ने संकेत गरेका छन् । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै पाण्डेले विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा लिएको कारण ठुलो परिमाणको सुन बरामद गर्न सकिएको बताए । 

बिहीबार राती फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट काठमाडौँ उत्रिएका गोरखाका चन्द्र घलेको साथबाट भन्सारका कर्मचारीले ७ वटा बिस्कुटमा रहेको १४ किलो सुन बरामद गरेका थिए । भन्सार कार्यालयलाई आएको सूचनाका आधारमा दुई दिनको मेहनतपछि सुन बरामद भएको प्रमुख प्रशासक पाण्डेले बताए । 

पाण्डेले भने, ‘हामीलाई आएको सूचनाका आधारमा बुधवार रातभर खट्दा पनि व्यक्ति र सुन फेला परेन । तर हामी थाकेनौँ । बिहीबार फेरि हामीले अपरेसन जारी राख्यौँ र म आफैँ फिल्डमा खटिएँ । सूचनाबारे हामी एक दुई जनालाई मात्रै जानकारी थियो । बिहीबार पक्राउ परेका व्यक्ति विमानबाट ओर्लने बित्तिकै हामीले वा थ्रुमा नियन्त्रणमा लियौँ । अन्यत्र कतै जान नदिई कसैसँग भेट गर्न नदिएका कारण हामीले उनलाई सुनसहित पक्रन सफल भयौँ ।’

एक्सरेबाट त्यति सजिलै सुन ल्याउन सकिन्छ र भन्ने प्रश्नमा पाण्डेले भने, ‘त्यो सम्भव छैन । यदि उनलाई अरूसँग भेटघाट गर्न नदिई नियन्त्रणमा लिएका कारण सुनसहत पक्राउ गर्न सफल भयौँ । यदि उनले अरूसँग भेट्ने वा केही समय बिताउन पाएको भए अरू केही हुन पनि सक्थ्यो ।’

पाण्डेका अनुसार सुन बोकेर आउन चन्द्र घलेको सूचनाकै आधारमा गोरखाकै मीन बहादुर घलेलाई पनि नियन्त्रणमा लिइएको छ । चन्द्र र मीन दुवैको मोबाइल समेत बरामद गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि को कसको कस्तो संलग्नता छ भनेर बुझिने पाण्डेले बताए । 

सुन तस्करी अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा डिएसपी सूर्य प्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला र डिल्लु प्रसाद शर्मा तथा शाखा अधिकृतहरू मञ्जु थापा र लोकराज ढुङ्गाना रहेको समिति समेत गठन गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय