४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

परम्परागत नृत्य प्रदर्शन गर्न दासाईहरुको तयारी

२८ आश्विन २०७३, शुक्रबार ०९:५०

असोज २८, विराटनगर । मोरङमा बसोबास गदै आएका  लोपउन्मुख जाती सन्थालहरू परम्परागत नृत्य दासाईको तयारीमा जुटेका छन् । नेपाल सन्थाल आदिवासी उत्थान संघका सचिव बुद्धिलाल सोरेनका अनुसार नृत्य प्रदर्शनको तयारीका लागी उनीहरु सन्थाल भाषाका गीत गाउँने नाँच्ने दैनिक अभ्यासमा ब्यस्तरहनुभएको छ  । मोरङमा बसोबास गर्दै आएका सन्थालहरू आदिकाल देखि नै हिन्दुहरूको चाड दशैं र तिहारको बेला दासाई नृत्यमा रमाउने गरेको उहाँले बताउनुभयो ।

सन्थाल   समुदायले कला संस्कृतीको जर्गेनागर्न युवाहरुलाई यो जातीको नाँच र सस्कृतीको विषयमा नाँच्न गाउँन सिकाईरहेको छन । मूर्ति बनाउने र मूर्ति पूजा नगर्ने यी सन्थालहरू दसैँको घटस्थापना सुरु भएदेखि घरमा थन्क्याएर राखिएका मादल, ढोल, झ्याम्टा आदि झिकेर अरूको घरघर गई चामल, चिउरा माग्दै नृत्य सुरु गर्दछन् । जसले सन्थाल नृत्य सुरु भएको संकेत गर्दछ । उनीहरूको यो नृत्य प्रचलन दसँैको मूल टीकाको दिनसम्म जारी रहन्छ । जब दसैंको एकादसी सुरु हुन्छ त्यस दिनदेखि पूर्णिमासम्म भव्यरूपमा सामूहिक तबरले विभिन्न स्थानमा दसँै मेलामा उनीहरूले परम्परागत नृत्य प्रस्तुत गर्दछन् ।

सन्थाल अगुवाहरू दशैंको बेलामा नाचिने नृत्य भएकोले नै यो नाचको नाम दासाई भएको बताउँछन् । तर,दशैं र दासाई नाचबीचको सम्बन्धका बारेमा कुनै जानकारी नभएको नेपाल सन्थाल आदिवासी उत्थान संघका सचिव बुद्धिलाल सोरेनको भनाई छ । दशैं र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल युवाहरूको दासाई नाच प्रमुख आकर्षण हुने गरेको छ ।

मोरङ राजघाटका स्थानीय गोरे हेमरनले दासाई नाचले सन्थाल जातिको जातीय एवं सांस्कृतिक पहिचान जोगाई राखेको बताउनु हुन्छ । उहाँले  –‘दासाई नृत्यमा लगाउने पोशाकमा समेत एक रुपता ल्याउन सकेका छैनौं । धिमाल,राजवंशी,ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने जाति मानिन्छ ।

सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भंगिमा रंगीन कमिज पञ्ची धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ । यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन् । 

नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचीरहेका सन्थालहरू आफूलाई बहादुर सावीत गर्न बिनाहात जमीनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन्। खासगरी मोरङको रंगेली , रामचौक , दोमना , आमतोला , लक्ष्मीपुर ,कर्सिया ,खोरकाटा, विसनपुर र लक्ष्मीनया,राजघाट,होक्लाबारी,बयरवन, शनिश्चरे, र केरौनमा सन्थालहरूको बसोवास रहेको छ ।

शिक्षाको उज्यालो किरण बाट टाडा रहेको यस जाति आफनो सास्कृतिक पर्वको जर्गेन ागर्नको लागी भने अग्रसर रहेको बताताइएको छ  । परापुर्वकाल देखि नै पिछडिएको यो जातिले आफनो कला र सभ्यतालाई जर्गेना गर्न भने एकजुट हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ