२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

आठ दिनको नाबालकलाई छोडी बेपत्ता भएकि सुत्केरी महिला मृत फेला

२०७३, २८ आश्विन शुक्रबार ०९:५६

नरी बडु, असोज २८  बैतडी ।  आठ दिनको नाबालक छोरालाई छोडी बेपत्ता भएकि जिल्लाको थलाकडा गाविस वडा नं. ८ कि एक सुत्केरी महिला बिहिबार मृत फेला परेका छन् । असोज १७ गतेदेखि वेपत्ता थलाकडा– ८ का बिरेन्द्रसिह धामीकि २० वर्षिय पत्नी पार्वती धामी ११ दिनपछि घर नजिकैको झारीमा मृत भेटीएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक बालनरसिह राणाले बताए ।

सुत्केरी अवस्थामा रहेकी पार्वती असोज १७ गते घरपरिवारलाई जानकारी नदिई बेपत्ता भएकी थिईन् । उनी वेपत्ता भएदेखिनै उनका नाबालकको बिचल्ली भएको पार्वतीको जेठाजु रामसिंह धामीले बताए ।

रामसिहले उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । पार्वतीको सव कुहीएर किरा परेको अवस्थामा रहेको र उक्त घटना सम्बन्धि स्थलगत निरिक्षणका लागि ईलाका प्रहरी कार्यालय पाटन, बैतडीका प्रहरी निरिक्षक हरीओम खड्काको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ गएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल