परस्त्रीसँग होटलमा “अर्धनग्न “ अवस्थामा भेटिएका रामधुनी–७ का वडाअध्यक्ष पक्राउ

Posted on: 10 Dec, 2023

मङ्सिर २४, सुनसरी | सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका छन् । प्रहरीका अनुसार धरान-१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए ।


वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका श्रीमान्‌ प्रहरी लिएर होटल पुगेका थिए ।

पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्‌ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाउको छ । रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले गौतम पक्राउ परेकोबारे नगरमा जानकारी आएको बताइन् ।

गौतम एमालेबाट दोस्रोपटक निर्वाचित अध्यक्ष हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!