मङ्सिर २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जुत्ता र कोट एउटै बास्केटमा राखेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जुत्ता र कोट एउटै बास्केटमा राखेर"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानस्थलमा जुत्ता र कोट एउटै बास्केटमा राखेर सुरक्षा-जाँच हुँदै आएकोबारे रास्वपाको ध्यानाकर्षण

२४ मंसिर २०८०, आईतवार ०८:२६


मङ्सिर २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जुत्ता र कोट एउटै बास्केटमा राखेर सुरक्षा जाँच गरिदै आएको विषयबारे ध्यानाकर्षण गराएका छन् । 

सामाजिक संजाल मार्फत नेता बुर्लाकोटीले मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका मन्त्री सुदन किराती, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारीलाई सेवा सुधार गर्न अनुरोध गर्दै आफ्नो सम्वोधन गर्दै लेखेका छन् – 'यात्रुहरुले आफ्नो जुत्ता र कोट एउटै बास्केटमा राखेर विमानस्थलमा सुरक्षा जाँच गराउनु पर्ने बारे केही पहिले नै लेख्नु पर्ने थियो । ढिलै भए पनि आज यहाँहरुको ध्यानाकर्षण गर्दैछु । हाम्रो सभ्यता र संस्कृतिमा प्रयोगमा रहेको जुत्ता राखेको बास्केटमा बोक्ने झोला, पर्स, पेटी, ज्याकेट र कोट संगै वा सफा नगरी घरी जुत्ता घरी अरु समान राख्नु सभ्य मानिदैन । तर हाम्रो बिमानस्थलमा यहि ब्यबस्था छ (आजैको तस्बिर प्रमाण छ)। यो ब्यवस्था तत्काल सुधारको लागि सामाजिक संजाल बाटै अनुरोध गर्दछु ।' 

विमानस्थलमा यो बेथिति भने पहिलेदेखिनै चल्दै आएको बेथिति हो । एकै बाकसमा कसैले जुत्ता राखेर सुरक्षा जाँच गरेको थियो भने त्यहि बाकसमा अर्को यात्रुले कपडा, कोट वा टोपी राख्न पर्ने बाध्यता छ । 

विदेश भ्रमणका क्रममा रहेका बुर्लाकोटीले आफैले विमानस्थलमा देखेको/भोगेको कुरालाई सुधार गर्नुपर्ने बुझेर ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले बिदेशमा रहेका नेपालीहरुलाई पार्टीमा जोड्ने क्रमलाई तिब्रता दिईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार