२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाललाई अफगानिस्तानले दियो २६२ रनको लक्ष्य

२०८०, २४ मंसिर आईतवार ०९:२९

मङ्सिर २४, काठमाडौं | एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा नौ विकेट गुमाएर दुई सय ६१ रन बनाएको हो । 

अफगानिस्तानका लागि तेस्रो नम्बरका ब्याट्सम्यान जमसिद जदरानले सतकीय पाली खेले । उनी घाइते भई मैदानबाट बाहिरिएका थिए । उनले एक सय ५३ बलको सामना गरी आठ चौका प्रहार गरेका थिए । अफगानिस्तानले नवौँ विकेटका रुपमा भने फरिदुन दाउदजाईलाई शून्य रनमा गुमाएको थियो । उनलाई गुल्सन झाले बोल्ड गरेका थिए । 

विकेटकिपर ब्याट्सम्यान नुमन शाह अघाले पनि टोलीको खातामा ६० रन थपेका थिए । रहिमुल्लाह जुरमातीले पनि ३५ रनको योगदान गरे । नेपाली टोलीका बलर गुल्सन झा, हेमन्त धामी र सुवास भण्डारीले दुई-दुई विकेट लिए । आकाश चन्द र दीपेश कँडेलले पनि एक-एक विकेट हात पारे । अफगानिस्तानले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो । 

अफगानिस्तानको पहिलो विकेट गुल्सन झाले लिएका थिए । उनले अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन् । गुल्सनले उनलाई कप्तान देव खनालमार्फत क्याच गराएका थिए । तराखिल आउट हुँदा अफगानिस्तानले १.५ ओभरमा १७ रन बनाएको थियो ।  

अफगानिस्तानको दोस्रो विकेट हेमन्त धामीले लिएका थिए । उनले पाकिस्तानका खालिद तनिवाललाई गुल्सन झाद्वारा क्याच गराएका थिए । ओपनर ब्याट्सम्यान खालिद १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी आउट हुँदा अफगानिस्तानले ६.२ ओभरमा ३३ रन बनाएको थियो ।

अफगानिस्तानको तेस्रो विकेट पनि हेमन्त धामीले नै लिएका थिए । उनले अफगानिस्तानका अकरम मोहम्मदजाईलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । हेमन्तले उनलाई बोल्ड गरेका थिए । उनी आउट हुँदा अफगानिस्तानले ६.३ ओभरमा ३३ रन बनाएको थियो । हेमेन्त ह्याट्रिक विकेट लिनबाट भने चुकेका थिए । 

अफगानिस्तानको चौथो विकेट दीपेश कँडेलले लिएका थिए । उनले अफगानिस्तानका रहिमुल्लाह जुरमातीलाई ३५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । उनले रहिमुल्लाहलाई सुवास भण्डारीद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान रहिमुल्लाहले ६५ बलमा दुई चौका पनि हिर्काएका थिए । २८औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा अफगानिस्तानले एक सय १४ रन बनाएको थियो ।

अफगानिस्तानको पाँचौँ विकेट सुवास भण्डारीले लिएका थिए । उनले पाकिस्तानी ब्याट्सम्यान नुमन शाहलाई दीपेश कँडेलद्वारा क्याच गराएका थिए । छैटौँ नम्बरका ब्याट्सम्यान नमनले केवल ४१ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ६० रन बनाएका थिए । उनी आउट हुँदा अफगानिस्तानले ४१.४ ओभरमा दुई सय ११ रन बनाएको थियो । एक सय १४ रनमा चौथो विकेट गुमाएको अफगानिस्तानको स्कोरलाई नुमन र जमसिद जदरानले दुई सय ११ रनसम्म पुर्‍याएका थिए ।

अफगानिस्तानको छैटौँ विकेट पनि सुवास भण्डारीले नै लिएका थिए । उनले लिएको यो दोस्रो विकेट थियो । उनले अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद युनुस जदरानलाई दीपक बोहराद्वारा क्याच गराएका थिए । युनुस जदरान दुई रनभन्दा अगाडि बढ्न सकेनन् । युनुस जदरान आउट हुँदा अफगानिस्तानले ४३.३ ओभरमा दुई सय १९ रन बनाएको थियो ।

अफगानिस्तानको सातौँ विकेट आकाश चन्दले लिएका थिए । उनले अफगानिस्तानका ब्याट्सम्यान खलिल अहमदलाई बोल्ड गरेका थिए । खलिल अहमदले पेभेलियन फर्किनुअघि आठ बलमा एक छक्का र एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उनी आउट हुँदा अफगानिस्तानले ४६.३ ओभरमा दुई सय ४४ रन बनाएको थियो ।

अफगानिस्तानको आठौँ विकेटका रुपमा कप्तान नासिर खान चार रन बनाउँदै आउट भएका थिए । उनी रन आउट भई पेभेलियन फर्किएका हुन् । उनलाई विपिन रावलले रन आउट गराएका थिए । उनी आउट हुँदा अफगानिस्तानले ४९.२ ओभरमा दुई सय ६१ रन बनाएको थियो । 

नेपाल र अफगानिस्तान आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् । यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल सम्भावना जिवित रहने छ भने पराजित हुने टोली समूहगत चरणबाटै घर फर्किने छ । पहिलो खेलमा भारतले अफगानिस्तानलाई सात विकेटले र पाकिस्तानले नेपाललाई पनि सात विकेटले हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी