पहिलो ओभरमै विकेट गुमायो नेपालले

Posted on: 10 Dec, 2023

मङ्सिर २४, काठमाडौं | एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै आफ्नो पहिलो विकेट गुमाएको छ । 


नेपालले पहिलो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान विपिन रावललाई शून्य रनमै गुमाएको हो । उनलाई अफगानिस्तानका बलर फरिदुन दाउदजाईले नुमन शाहमार्फत क्याच गराएका हुन् । पहिलो ओभरको चौथो बलमा उनी आउट हुँदा नेपालले दुई रन बनाएको थियो । 

यसअघि यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा नौ विकेट गुमाएर दुई सय ६१ रन बनाएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!