१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आरती साह हत्या प्रकरणः मोतीबाबु साहलाई तत्काल पक्राउ गर्न माग

२४ मंसिर २०८०, आईतवार १२:१२

मङ्सिर २४, काठमाडौँ | आरती साह हत्या प्रकरणमा सर्वोच्च अदालतले आरोपित मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ५ दिन बितिसक्दा पनि पक्राउ नपरेको घटनाप्रति आम जनता पार्टी (आजपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ । 

‘विगत १७८ दिनदेखि अनवरत न्यायको पर्खाईमा संघर्षरत पीडित परिवारलाई अदालतको निर्णयबाट केहि राहत तथा आंशिक न्याय प्राप्तिको अनुभूति भईरहेको विशेष महत्वपूर्ण समयमा राज्य पक्षबाट न्यायालयको निर्णय कार्यान्वयनमा भैईरहेको ढिल्लासुस्ती एंव् उदाशीनताले राज्य पीडितको पक्षमा छ, कि पीडकको पक्षमा गम्भीर शंका उत्पन्न भएको छ’, आजपाका प्रवक्ता चन्द्र भुषण साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

  राज्य पक्षको यस्तो लापरवाही एवं अकर्मण्यताले आरोपित फरार भएमा त्यसको र त्यसबाट सृजित हुनसक्ने विषम एवं जटिल परिस्थितिको जिम्मेवारी कसले लिने भन्दै उनले विज्ञप्तिमार्फत प्रश्न गरेका छन् । 

प्रभु साह नेतृत्को सो पार्टीले यस विषयको गम्भीरतालाई जिम्मेवारीबोधका साथ पालना गर्दै साहलाई यथाशीघ्र गिरफ्तार गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार