८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मालिका कालिका यातायात प्रालिको सेवा रोल्पामा पनि सुरु

२८ आश्विन २०७३, शुक्रबार ०९:५९

विनोद डाँगी/ असोज २८, रोल्पा । दाङको तुलसीपुर बाट सञ्चालित  मालिका, कालिका यातायात प्रालिले रूट विस्तार गरेको छ । काठमाडौ,नेपालगन्ज,रूकुम र घोराहीमा सेवा दिइरहेको प्रालिले  आजबाट  रोल्पामा पनि आफ्नो सेवा सुरु गरेको हो  । प्रालिको हिजो बसेको सञ्चालक समितिको रोल्पामा बस चलाउने निर्णय गरेको थियो ।

 रोल्पाको लागि आज बिहान ५ बजे छुटेको बस लिबाङ आइपुगेको छ । यो रुटमा चल्ने गाडि सानो खालको अल्ट्रो गाडि भएको प्रालिले जनाएको छ ।  आफुहरु यात्रुहरुको हितमा सदैव लागिपरेको भन्दै कालिका मालिका यातयात प्रालिका कोषाध्यक्ष रम्बा वलीले रोल्पालि जनताहरुको सेवाको लागि पनि आफुहरु अघि बढेको जानकारि दिनुभयो । अबको १० दिनमा नै उत्त गाडिमा हिटर जडान गर्ने वलिले बताउनुभयो । तत्काल रोल्पामा काउन्टर स्थापना नभएपनि अहिलेको लागि रोल्पा यातयात प्रालिसंग समन्वय गरिएको र टिकटको लागि प्रालिको काउन्टरमा सम्पर्क गर्नुपुर्ने उहाँले बताउनुभयो ।

  यात्रुले गुणस्तरिय सेवा पाउनुपर्ने आफ्नो हक भएको भन्दै आफुहरु यात्रुमय सेवामा सधै लागिपरेको वलिले बताउनुभयो ।  यता रोल्पा यातायात प्रालिले पनि अहिले आफुहरुसंग समन्वय भएको र मालिका कालिकाको आफ्नै काउन्टर नबन्दासम्म आफुहरुले नै समन्वय गर्ने बताएको छ । अहिले रोल्पामा आफ्नो छुट्टै काउन्टर नभएपनि रोल्पाबाट दाङ बिहान ७ बजे छुटाउने तयारि गरेको रोल्पा यातायात प्रालिका अध्यक्ष मिलन पुनले जानकारि दिनुभएको छ । यसका बारेमा थप के गर्ने भन्ने बारेमा अहिले रोल्पा यातायात प्रालिको बैठक बसेको छ । मालिकाले सानो गाडि पठाएको र आफुहरुसंग ठुलो गाडि मात्र हुदा तत्काल के निर्णय लिने भन्नेमा आफुहरु समस्यामा परेको पुनले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता