१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगरमा नेपाल–भारतको सीमा क्षेत्रमा एक युवामाथि गोली प्रहार

२५ मंसिर २०८०, सोमबार ०६:२५

मङ्सिर २५, काठमाडौँ | विराटनगरका एकजना युवामाथि नेपाल–भारतको सीमा क्षेत्रमा गोली प्रहार भएको छ। विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ पौन छ बजेतिर गोली प्रहार भएको मोरङ प्रहरीले जनाएको छ। गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जनाकारी दिए।  

विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको हुनसक्छ। दश गाजा वा नेपाली भूमिमा संग्रौलामाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट नखुलेको बताउँदै, एसपी पोखरलेले भने, ‘दश गाजा वा नेपाली भूमिमा घटना भएको भए नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई थाहा हुन्थ्यो। पीडितले घटना जहाँ भनेका छन्, त्यहाँ २४ सै घण्टा प्रहरीको तैनाथी हुन्छ। त्यस वरपर पनि नेपालका दुवै प्रहरीहरुले गस्ती गरिरहने हुँदा घटनाबारे कुनै पनि सुरक्षा निकायलाई थाहा छैन।


संग्रौलाको बाँया तिघ्रामा गोली लागेको छ। उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी गएको थिए। साँझमा घर फर्कंदै गर्दा गोली प्रहार भएको घाइते संग्रौलाले बताए। उनका अनुसनर जोगबनीदेखि उत्तर रेलको स्टेशनदेखि माथितिर दक्षिणगेटबाट विराटनगरतर्फ आउँदै गर्दा ८/१० जना केटाहरुको समूह थियो।  

रेल्वेको बाटो हुँदै आउँदै गर्दा भारतीय युवाहरुले बोलायो। तर, म नबोली हिँडिरहेको थिएँ। उनीहरु ‘रुक जा नही तो गोली मार्दुंगा’ भन्दै पछाडिबाट गोल प्रहार गरे संग्रौलाले भने। उनले भने, ‘मलाई गोली प्रहार गरेपछि उनीहरु भारततर्फ गए। मलाई नेपालको सशस्त्र प्रहरीका दुई जनाले समातेर यहाँ ल्याएको हो। गोली प्रहार गर्ने मध्ये एक जनालाई देखे भने चिन्छु।’

कोशी अस्पतालका मेडिकल अघिकृत डाक्टर तुलसी गोइतले एक्स–रे हेर्दा तिघ्रामा बुलेट जस्तो देखिएको छ। उनले तिघ्रादेखि तल्लो भाग फ्याक्चर भएको छ। यो बुलेटको फोर्ज लागेर पनि हुनसक्छ। ‘इनसिजर’ गरेर निकालेपछि मात्र के हो भन्न सकिन्छ।  

घटना भएको थाहा पाउनासाथ अनुसन्धानका लागि प्रहरी खटाइएको छ। एसपी पोखरेले भने, ‘भारतीय प्रहरीसँग र त्यस वरपरका स्थानीयसँग बुझ्ने काम भइरहेको छ। सशस्त्र प्रहरीका कसैले पनि घाइतेलाई नलाएको र घटना नभएको बताउँदै आएका छन्। प्रारम्भिक अनुसन्धानबाट नेपाली भूमिमा घटना भएको खुल्दैन थप अनुसन्धान गरीरहेका छौ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार