१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मैत्रीपूर्ण फुटबलमा बालेन शाहको टीम पराजित

२५ मंसिर २०८०, सोमबार ०८:४२

मङ्सिर २५, काठमाडौँ |  काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । २९ औँ महानगर दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजना गरिएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए । उक्त खेलमा बालेन साह  नेतृत्वको जनप्रतिनिधिको टीम पराजित बनेको छ । 


महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिको आयोजनामा भएको खेलमा कर्मचारीका तर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरेका थिए ।  यसैगरी जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरे । 

खेलको शुरुवात गर्दैै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले रेफ्री ओम न्पौपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए । जनप्रतिनिधि र कर्मचारी बिचको यस प्रकारको खेलले आन्तरिक समन्वयलाई बिम्बित गर्ने मुल समारोह समितिकी संयोजक डंगोलले प्रतिक्रिया दिइन् । 

महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार