मैत्रीपूर्ण फुटबलमा बालेन शाहको टीम पराजित

Posted on: 11 Dec, 2023

मङ्सिर २५, काठमाडौँ |  काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । २९ औँ महानगर दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजना गरिएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए । उक्त खेलमा बालेन साह  नेतृत्वको जनप्रतिनिधिको टीम पराजित बनेको छ । 


महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिको आयोजनामा भएको खेलमा कर्मचारीका तर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरेका थिए ।  यसैगरी जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरे । 

खेलको शुरुवात गर्दैै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले रेफ्री ओम न्पौपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए । जनप्रतिनिधि र कर्मचारी बिचको यस प्रकारको खेलले आन्तरिक समन्वयलाई बिम्बित गर्ने मुल समारोह समितिकी संयोजक डंगोलले प्रतिक्रिया दिइन् । 

महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!