२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकका दुई शिक्षक पक्राउ

२०८०, २५ मंसिर सोमबार ०९:१७

मङ्सिर २५, काठमाडौँ | छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा दुई शिक्षक पक्राउ परेका छन्।

इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलमा अध्ययनरत १४/१५ वर्षीया दुई छात्राको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई गत शुक्रबार (मंसिर २२) पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी निरन्जन भट्टराईका अनुसार पक्राउ परेका शिक्षकहरू अहिले प्रहरी हिरासतमा छन्।

‘दुईजना किशोरीहरूले यौन दुर्व्यवहार गर्ने गरेको भनी जाहेरी दरखास्त दिएका छन्,’ भट्टराईले भने, ‘शिक्षकहरूलाई पक्राउ गरेर अहिले हिरासतमा राखिएको छ।’

जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको पनि डीएसपी भट्टराईले जानकारी दिए। 

शुक्रबार पक्राउ परेका उनीहरूलाई आइतबार (मंसिर २४) गते अदालतबाट ७ दिनको म्याद थप गरिएको हो। 

अहिले घटनाका बारेमा थप अनुसन्धान जारी रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी