१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकका दुई शिक्षक पक्राउ

२५ मंसिर २०८०, सोमबार ०९:१७

मङ्सिर २५, काठमाडौँ | छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा दुई शिक्षक पक्राउ परेका छन्।

इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलमा अध्ययनरत १४/१५ वर्षीया दुई छात्राको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई गत शुक्रबार (मंसिर २२) पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी निरन्जन भट्टराईका अनुसार पक्राउ परेका शिक्षकहरू अहिले प्रहरी हिरासतमा छन्।

‘दुईजना किशोरीहरूले यौन दुर्व्यवहार गर्ने गरेको भनी जाहेरी दरखास्त दिएका छन्,’ भट्टराईले भने, ‘शिक्षकहरूलाई पक्राउ गरेर अहिले हिरासतमा राखिएको छ।’

जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको पनि डीएसपी भट्टराईले जानकारी दिए। 

शुक्रबार पक्राउ परेका उनीहरूलाई आइतबार (मंसिर २४) गते अदालतबाट ७ दिनको म्याद थप गरिएको हो। 

अहिले घटनाका बारेमा थप अनुसन्धान जारी रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार