कोरिया भाषा परीक्षा: २०२४ को कोटा अहिले नै खोलिएको भन्दै युवाहरूले गरे विरोध

Posted on: 11 Dec, 2023

मङ्सिर २५, काठमाडौँ | कोरिया भाषा परीक्षा (ईपीएस) नेपालको २०२४ को लागि छुट्टाइएको कोटा अहिले नै खोलिएको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

२०२४ सुरू हुनु २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरूले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयअगाडि आन्दोलन गरेका हुन् ।


ईपीएस परिक्षा दिएर बसेका युवाले सीप बिल्डिङ परीक्षामा असफल विद्यार्थीहरुले म्यानुफ्याक्चरको परीक्षामा सहभागी गराउन समेत माग गरेका छन् ।

बाँकेबाट आएका युवा प्रदीप बुढाथोकीले २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएकाले विरोध गर्न बाध्य भएको बताए । आफूहरूको माग सुनुवाइ नभएकाले अनसनलगायतका आन्दोलन गर्ने उनले चेतावनी दिए ।

प्रदर्शनमा सहभागीहरुले युवाको रोजगारीको सुनिश्चितता गर, ईपीएसको मनोमानी बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!