दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 11 Dec, 2023

मङ्सिर २५, काठमाडौँ | दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा घर भई हाल काठमाडौंकाे बाफल बस्ने  ३४ वर्षीय लक्ष्मण श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले विवेक पाठकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति दुई लाख ४० हजार रुपैयाँ लाग्छ र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र मासिक ५० हजार रुपैयाँ  तलब हुन्छ भनी एक लाख ९५ हजार रुपैयाँ लिई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आइबार पक्राउ गरेको हो ।


उनलाई बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!