१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतसँगको खेलमा नेपालको असाध्यै खराब प्रदर्शन, २१ रनमा ६ ब्याट्सम्यान आउट

२६ मंसिर २०८०, मंगलवार ०६:५०

मङ्सिर २६, काठमाडौँ | यूएईमा जारी यू १९ एसिया कपमा नेपालले आफ्नो समूहचरणको अन्तिम खेलमा भारतविरुद्ध नेपालले असाध्यै खराब प्रदर्शन गरेको छ ।

स्कोरबोर्डमा १७ रन मात्रै चढ्दा नेपालका ६ जना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।


भारतीय फास्ट बलर जोडी राज लिम्बानी र आराध्य सुक्लाले पहिलो बलबाटै नेपाली ब्याट्सम्यानलाई अप्ठेरोमा पारेका थिए । स्वीङ र बाउन्स मिलिरहेको पीचमा नेपाली ब्याट्सम्यानहरुलाई बलसँग ब्याटको सम्पर्क गराउनै कठिन भइरहेको छ । भारतीय बलिङविरुद्ध कुनै पनि ब्याट्सम्यानले आत्मविश्वास देखाउन सकेका छैन्न् ।

हरेकजसो बलमा बिट भइरहेका दिपकको संघर्ष ११ बलमा समाप्त भयो । उनी एक रन बनाएर लिम्बानीको बलमा क्याच आउट भए । तेस्रो नम्बरमा आएका उत्तम मगरको पनि उही हाल भयो । उनले ७ बल खेल्दा कुनै रन जोड्न सकेनन् । उत्तमलाई आराध्य शुक्लाले आउट गराए ।

नेपालको सबैभन्दा बढी आशा अर्जुन कुमालमा थियो । अघिल्लो म्याचमा अफगानिस्तानविरुद्ध उत्कृष्ट इनिङ खेलेका अर्जुन आज चलेनन् । उनी २२ बलमा ७ रन बनाउँदै आउट भए । अर्जुनको विकेटलाई लागेको चोट खेलाउन नपाउँदै कप्तान देव खनाल र दीपक डुम्रे लगातार बलमा आउट भए । देवलाई आउट गर्न भारतीय विकेटकिपरले उत्कृष्ट क्याच लिए । गुल्शन झा पनि क्रिजमा टिक्न सकेनन् । उनी ८ बलमा ४ रन बनाउँदै पेभेलियन फर्किएका छन् ।

भारतका राज लिम्बानीले ४ र आराध्य शुक्लाले २ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार