१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोपाल किराँती हलेँसीबाट पक्राउ

२६ मंसिर २०८०, मंगलवार ०८:०६

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोटाङ्गको हलेसीबाट पक्राउ गरिएको हो । एमालेको मध्यपहाडी संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनले केही दिनअघि एमालेका लागि चिहान तयार पारेको हिंसात्मक अभिव्यक्ति दिएका थिए । माओवादीका पूर्वनेता किराँती पूर्वमन्त्रीसमेत हुन् । हाल उनले माओवादी कम्युनिष्ट पार्टी खोलेका छन् ।

केही बेरअघि किरातीलाई प्रहरीले पक्राउ गरेको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिए । खोटाङ र भोजपुरबाट आन्दोलनकारीहरू राजेश राई, विजय राई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको यायोक्खाले जनाएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले पनि नेता किराती पक्राउ परेको पुष्टि गरेका छन् । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर आइरहेको छ । अबको केहीबेरमै अध्यक्ष केपी ओलीसहितको टीम उदयपुर प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार