असोज २९, जनकपुरधाम | मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ । 

पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २९, जनकपुरधाम | मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ । 

पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथि"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

कोजागरा पर्व मनाइँदै

२९ आश्विन २०७३, शनिबार ११:२६

असोज २९, जनकपुरधाम | मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ । 

पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ । 

कोजागराका राति भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातिमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास रहेको छ । यस अवसरमा कुँवेर र इन्द्रको पूजा पनि गरिन्छ । 

मैथिल संस्कतिको एउटा प्रमुख अङ्ग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाई खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने चलन छ । 

मिथिला क्षेत्रमा मङ्सिर, माघ, फागुन, जेठ र असार महिनासम्ममा विवाह भएका वरलाई कोजागरामा चुमाउने गरिन्छ । बधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले यो पर्वमा रमाइलो गरी पासा र पचिसी खेल्ने परम्परा छ । 

चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँचवटा प्रमुख स्थानलाई चुमाउने गरिन्छ । हातका पाँच औंँला पञ्च महाभूतका प्रतीक मानिन्छ । पाँच स्थानको स्पर्शले शरीर ऊर्जावान हुने विश्वास मिथिला क्षेत्रमा पाइन्छ । 

शरद् पूर्णिमाको चन्द्रमालाई पूर्णयौवन सम्पन्न चन्द्रमा मानिन्छ । यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ । कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ । त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीककारूपमा समाजले स्वीकार गरेको पाइन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता