१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

२६ मंसिर २०८०, मंगलवार ११:३१

मंसिर २६, काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।

उनले राजीनामापत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालप्रेसलाई बताए ।


मन्त्रीले भने, ‘मैले थानीलाई किन राजीनामा दिएको भनेर सोधेको थिएँ । उहाँले स्वतन्त्र भएर बस्छु । अहिले जागिर खाँदिनँ भन्नुभयो ।’

थानीले बुझाएको राजीनामा पत्र सचिवालयमा राखेको मन्त्री रिजालले बताए ।

मंसिर १७ बाट लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन् । उनले २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्त लिएका थिए । ३ वर्षको लागि नियुक्त भएका थानीले १ वर्ष ९ महिनामै राजीनामा दिएका छन् ।

उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार