१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखराका वडाध्यक्षलाई साढे चार महिना कैद र ७५ हजार जरिवाना

२७ मंसिर २०८०, बुधबार ०८:३४

मङ्सिर २७, काठमाडौँ | बजेट खर्चको विषयलाई लिएर भएको विवादमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ ।

वडाध्यक्ष र सदस्यबीच विवाद हुँदा अदालतले गत ७ मंसिरमा अधिकारीलाई चार महिना १५ दिन कैद, ७५ हजार रुपैयाँ जरिवानासँगै पीडित वडासदस्यलाई १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।


वडामा लक्षित समूहका लागि पाँच लाख बजेट आएकोमा सोमध्ये वडाले महिलाका लागि चार लाख र दलितका लागि एक लाख रुपैयाँ विनियोजन गरेको थियो । दलितका लागि विनियोजन भएको रकमबाट १८ पुस ०७९ मा हस्तकला तालिम उद्घाटन गरेपछि वडाध्यक्ष अधिकारी र दलित महिला वडासदस्य मैया नेपालीबीच विवाद भएको थियो ।

सदस्य नेपालीले वडाध्यक्ष अधिकारीले आफूलाई ‘वडासदस्य भएँ भनेर फुर्ती नगर, तेरो तीन पुस्ता मेरो घरको जुठोपुरो खाएर काम गरेर बाँचेका हौ, आफ्नो हैसियत हेर, तैँले पाउने तलब मैले मेरो घरमा काम गर्ने नोकरलाई दिन्छु, मसँग टक्कर नगर र वडाको बजेटमा आँखासमेत नलगा भन्दै मरेको गाई, भैँसीका सिनो लुछेजस्तो बजेटलाई लुछ्न नखोज, तिमीहरू कामी, दमाईं, सार्कीको हैसियत भनेको मागेर, थापेर खाने हो’ भन्दै तथानाम गाली गरेको बताइन् 

वडाध्यक्ष अधिकारीले आफूलाई पटक–पटक विभेदजन्य व्यवहारसँगै विभेदजन्य शब्द प्रयोग गरेर अपमान र दुर्व्यवहार गरेको भन्दै २४ पुस ०७९ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन् । त्यसपछि २६ पुसमा वडाध्यक्ष अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार