१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँमा चोरी गर्ने कार्यमा संलग्न ३ भारतीय नागरिकसहित ६ जना पक्राउ

२७ मंसिर २०८०, बुधबार ११:२४

मङ्सिर २७, काठमाडौँ | काठमाडौँमा रातको समयमा चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतीय नागरिकहरु सञ्जीव बाँनियाँ, कृष्ण पोदार र किसन गिरीलाई पक्राउ गरेको हो । 


यस्तै प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा बिक्रम गर्तौला, रमेश विश्वकर्मा र डिल्लीराम विश्वकर्मालाई पनि पक्राउ गरेको छ । 

गत असार १५ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट सुनका बिभिन्न गरगहना गरी करिब एक लाख असी हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो । यस्तै कात्तिक पहिलो साता बिजयचोक स्थित बालकृष्ण श्रेष्ठको डेरा कोठाबाट सुनका बिभिन्न गरगहना तथा नगद गरी जम्मा तेह्र लाख अन्ठाउन्न हजार बराबरको धनमाल चोरी भएको थियो । 

उक्त घटनाको अनुसन्धानको क्रममा  उक्त चोरी कार्यमा संलग्न तीन जनालाई कार्यालयबाट खटिएको प्रहरी टोलीले उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत गौशला पठाइएको प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।  

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार