१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बारामा प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

२७ मंसिर २०८०, बुधबार ११:५५

मङ्सिर २७, काठमाडौँ | बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ।

नगरपालिकामा भएको झडपको क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नामसगरा निवासी २५ वर्षीय लक्ष्मी मुखिया बिन रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको न्यौपानले बताए। नगरपालिकामा आन्दोलनरत कर्मचारीहरुका कारण विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सवार रहेको गाडीमा तोडफोड भएपछि स्थिति तनावग्रस्त बनेको थियो। नगर प्रमुख किशोरी साहले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोज्दा आन्दोलनकारीहरुसँग विवाद भएको थियो। सोही क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो।

प्रहरीले ३० राउण्ड हवाई फायरसहित अश्रु ग्यास प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए। झडपको क्रममा १० जना प्रहरीसमेत घाइते भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार