१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन तस्करी आरोपमा त्रिभुवन विमानस्थलका ३ कार्यालय सहयोगी पक्राउ

२८ मंसिर २०८०, बिहीबार ०८:५३

मङ्सिर २८, काठमाडौँ | सुन तस्करीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म तीन जना कार्यालय सहयोगी पक्राउ परेका छन् । बुधबार साँझ कार्यालय सहयोगी सुशीला पाण्डे पक्राउ परेकी थिइन् । त्यसअघि अन्य दुईजना कार्यालय सहयोग पनि पक्राउ परेका थिए ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले सुन तस्करलाई सघाएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । उनका अनुसार पहिले नै दुई जना पक्राउ परेका थिए । त्यसकै आधारमा बुधबार थप एक जनालाई पनि नियन्त्रणमा लिइएको हो ।

विदेशबाट आएका यात्रुले तस्करीको सुन व्यवस्थापनका लागि विमानस्थलका कर्मचारी मार्फत् गन्तव्यसम्म पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसकै आधारमा विमानस्थलको आगमन कक्षमा खटिएका कर्मचारीहरुमाथि निगरानी गरिएको हो ।

मंसिर २१ गते १४ किलो सुन बोकेर दुबईबाट आएका गोरखाका चन्द्रबहादुर घलेले सुन फोहोर फाल्ने भाँडोमा राख्ने र त्यो सुन कार्यालय सहयोगी मार्फत् बाहिर लैजाने योजना रहेको खुलेको थियो ।त्यसको अनुसन्धानका लागि विमानस्थल भन्सारले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना, शाखा अधिकृत मञ्जु थापा सम्मितिल छानबिन समिति गठन गरेको थियो । समितिलाई ५ दिनको समय दिएर प्रतिवेदन बुझाउन भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार