१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अभिमुखीकरण तालिम दिने संस्थामाथि थप कडाइ

२८ मंसिर २०८०, बिहीबार ११:५५

मङ्सिर २८, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूमाथि थप कडाइ गरिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दफा ५ (३) (दोस्रो संशोधन) संशोधन गर्दै थप कडाइ गराइएको हो ।

वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरूबारे बारम्बार गुनासो आउन थालेपछि कडाइ गरेको हो । उक्त मापदण्ड पुरा गरेर पुस १९ गतेभित्र अध्यावधिक गर्नुपर्ने विभागका निर्देशक कविराज उप्रेतीले बताए । 

उक्त कार्यविधिमा तोकिएको जनशक्तिका अतिरिक्त पूर्वाधार तयार भएको स्पष्ट योग्यता र प्रमाण विभागको अनुगमन शाखामा पेश गर्नुपर्नेछ । संशोधित कार्यविधि २०७६ को दफा ५ को उपदफा ८ बमोजिम प्रशिक्षकको व्यवस्था गर्नुपर्नेछ । त्यसरी प्रशिक्षकको व्यवस्था गर्दा कम्तीमा १ जना आफूले छानेको क्लष्टर अनुसारको सोही देशमा गएर फर्किआएको व्यक्ति हुनुपर्नेछ ।

त्यस्तै संशोधित कार्यविधि २०७६ को अनुसूची २ को ‘ङ’ अनुसार प्रत्येक प्रशिक्षण कक्षमा ८४  ईन्चको स्मार्ट बोर्ड २ वटा, कम्प्युटर प्रिन्टर र विभागको फेमिस प्रणालीसँग मेल खाने आईरिस रेटिना हाजिर मेसिन (आईरिस स्क्यानर) अनिवार्य हुनुपर्ने विभागले जनाएको छ ।

पुस १९ गतेभित्र उक्त जनशक्ति तथा पूर्वाधार पुरा नगर्ने संस्थाहरूको काम कारोबार रोक्का गरिने विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार